logo
शुक्रबार, साउन २९ २०८३

अबैध कपडा बरामद


  • कुइनेटो न्युज
  • बुधबार, असार २९ २०७९

कमल, असार २९ । नेपाल प्रहरीले झापाको कमल गाउँपालिका–३ स्थित केर्खा बाट अवैध कपडा बरामद गरेको छ ।
प्रहरीले मंगलवार बिहान साढे ११ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आर.आई टी. समुह र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले अबैध कपाडा बरामद गरेको हो ।
काँकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को.१ ख ६४३३ नम्वरको यात्रु वाहक बसको डिकीमा अवैधरुपमा लुकाई राखेको साडी, कुर्ता, कुसन कपडा सटिङ, सुटिङ लगायत बिभिन्न प्रकारका कपटा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको कपडाको मुल्य अन्दाजी २ लाख रुपैया बरावरको रहेको छ । अबैध कपडा संगै ओसार पसारमा संग्लग्न मोरङ उर्लावारीकी ५० बर्षीया तारा रिजालाई समेत नियन्त्रणमा लिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
बरामद भएको समान र सो कार्यमा संलग्न महिलालाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।्

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend