कमल , असार २८ । कमल गाउँपालिकाको केर्खामा सन्चालित पाठ्यक्रम प्रवोधिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र रहेका सामुदायीक विध्यालयका कक्षा ४,७ र ९ को पाठ्यक्रम कार्यन्वयनका लागि २ दिने कार्यशाला मंगलबार सम्पन्न भएको हो ।
कार्यशालाको पहिलो दिन तिन समुहमा कार्यविभाजन गरि भाषा समुह अन्तर्गत अग्रेजी र नेपाली , विज्ञान तथा गणित र सामाजिक समुहमाका बिचमा पाठ्यक्रमको परिचय,मुल्याङ्कन पद्धती र अक्षराङ्क मुल्याङ्कन पद्धतीका विषयमा शिक्षक,शिक्षिकालाई जानकारी गराईएको थियो ।
कार्यशाला गोष्टीमा मधुसुधन अधिकारीले अग्रेजी , रुकमान लिम्बुले गणीत, बद्री कार्किले सामाजिक, महेन्द्र प्रसाद घिमिरेले विज्ञान र गोविन्द प्रसाद पौडेलले नेपाली विषयकाका बारेमा सहजिकरण गर्नु भएको थियो ।
कार्यशाला गोष्टिमा गाउँपालिका भित्र रहेका २१ वटा सामुदायीक विध्यालय मध्ये कक्षा १ देखी ५ सम्म सन्चालन भएका विध्यालय बाट १ जना, कक्षा १ देखी ८ सम्म सन्चालन भएका विध्यालय बाट २ जना र कक्षा १ देखी १२ सम्म सन्चालन भएका विध्यालय बाट ३ जना गरी जम्मा ४५ जना शिक्षक शिक्षिकाको सहभागी रहेको थियो ।