दमक , असार २६ । प्रदेश नम्वर १ का कृषी मन्त्री झलक सिंह दर्लामीले निजी ,सहकारी र राज्य तिनै क्षेत्रको सहकार्यमा मात्र राज्य अगाडी बढ्ने बताउनु भएको छ ।
प्रदेश नम्वर १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडले आईतवार दमकमा गरेको प्रारम्भिक साधारण सभाको उद्घाटन पछि आफुनो मन्तव्यका क्रममा मन्त्री दर्नालले सोकुरा बताउनु भएको हो ।
देश अहिले संकट बाट अगाडी बढी रहेको छ । यस्तो अवस्थामा राज्य एक्लैले मात्र केहि गर्न सक्दैन यसकालागी निजी क्षेत्र ,सहकारी र राज्य मिलेर अगाडी बढे मात्र देशको विकास हुने मन्त्री दर्लामीले बताउनु भयो ।
कृषकले उत्पादन गरेका बस्तुले बजार नपाईरहेका बेला थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड मार्फत बजारिकरण गर्न सहजहुने छ । यसका साथै दुध उत्पादन गर्ने कृषकलाई सहकारी मार्फत विक्रिवितरण गरेमा उत्पादनको आधारमा प्रदेश सरकारले प्रति लिटर २ रुपैया अनुदान उपलब्ध गराउने समेत मन्त्री दर्लामीले बताउनु भयो ।
त्यस्तै विशिष्टिकृत सहकारी संघ लिमिटेडका अध्यक्ष महेन्द्र गिरीले सहकारीले अहिले सम्म गरेको प्रगतिको विवरण सुनाउदै प्रदेश नम्वर १ मा रहेका सबै सहकारीले विशिष्टिकृत सहकारी संघ यसको सदस्यता दिन अनुरोध गर्नुभयो ।
बजार अभावका कारण कृषकलाई धेरै उत्पादन गर भन्न सक्ने अवस्था छैन । यसैका कारण छिमेकी देश बाट कृषी उत्पादनका विभिन्न समान आयत भै रहेको छ । आयतलाई रोक्दै स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न तर्फ प्रदेश सरकार लाग्नु पर्ने बेला आएको केन्द्रिय कृषी सहकारी संघकी उपाध्यक्ष मिना ढकालले बताउनु भयो ।
कार्यक्रममा साष्ट्रिय सहकारी महासंघका सन्चालक गणेश ढकाल,प्रदेश सहकारी संघका अध्यक्ष डिल्लि पोख्रेल,नेस्कुनका पुर्व सन्चालक तथा जिल्ला सहकारी संघझपाकी उपाध्यक्ष चन्द्रा खड्का,प्रदेश सहकारी संघ तथा जिल्ला सहकारी संध झापाका सचिव भवानी प्रसाद दंगाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने लगायतले विशिष्टिकृत सहकारी संघ लिमिटेडको प्रारम्भिक साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो ।
प्रदेश नम्वर १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडका सदस्य प्रेम सापकोटाले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई सदस्य अमृत गुरुङ्गले शाब्दिक शब्द द्वारा शुभकामना दिनुभएको थियो ।
प्रदेश नम्वर १ मा रहेका सहकारी मध्ये ३६ वटा सहकारी सस्थाले प्रदेश नम्वर १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको सदस्या लिएका छन् । सदस्यता दिएका सहकारीलाई प्रमुख प्रदेश नम्वर १ का कृषी मन्त्री झलक सिंह दर्लामी बाट प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।