कमल , असार २४ । झापाको कमल गाउँपालिका वडा नम्वर ३ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ३ ले सबै सुचक पुरा गरेपछि आज एक कार्यक्रमका बिच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्र गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्न हरेक वडाले प्रतिवद्धता जनाएका थिए । सबै सुचक पुरा भएकालको शुक्रवार वडा नम्बर ३ लाई वालमैत्री स्थानिय शासनयुक्त वडाको एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष हुकुम सिंह राईले वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
बालबालिकालाई जन्मदिएर मात्र बुबाआमा हुईदैन । बुबाआमा हुनकालागी चारवटा कर्तव्य पुरागर्नु पर्ने हुन्छ । ति चारवटा कर्तव्यमा जन्मदाता,अन्नदाता, शिक्षा,संस्कृती र भय निवारण दाताहुन आवश्यक छ ।
बच्चा जन्मिएपछि समयमा खान पाउनुपछ, समयमा शिक्षा र सस्कृतीका बारेमा समेत अध्यायन गर्न पाउने व्यवस्था मिलाउनु पर्छ भने वालवालिकालाई साहासिक काग गर्ने बातावर मिलाउनु पर्छ नकि अनवश्यक डर त्रास हुनेखालका कुनैपनि गतिविधि गर्न नहुने वडा नम्वर ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनु भयो ।
वडामा रहेका १ हजार ४ सय ९८ घरधुरीमा महिलाको संख्या ३ हजार ५ सय ५३ पुरुष ३ हजार ५ सय ११ गरी जम्मा ७ हजार ६३ जना जनसंख्या रहेका छन् । त्यस मध्ये १८ वर्ष उमेर मुनिका वालबालिकाको संख्या २ हजार ५६ रहेको छ । कुल जनसंख्याको २९ दशमलब १ प्रतिशत बालबालिका रहेका छन् ।
बालमैत्री स्थानीय शासन अवलम्बनको सुरुवाती चरण देखी हाल सम्म वडामा रहेको अवस्थाको बारेमा जानकारी गराउदै बालबालिकालाई बालमैत्री वानीव्यहार गरी असल नागरीक तयार गर्नु हामी सबैको साझा दायित्व हो । बालबालिकाको मन मस्तिकका सकारात्म धारणाको विकास गरी बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिकाको २०७८ अवलम्वन गरी बालमैत्री बतावरण सुजना गर्नु वाडवासी सबैको दायीत्व भएको वडा सचिव सागर दाहालले बताउनु भयो ।
कार्यक्रममा वडा नम्वर ३ का निवर्तमान अध्यक्ष नर प्रसाद दंगालले वडालाई बालमैत्री बनाउन आफ्नो कार्यकालमा धेरै मेहनात गरेको बताउनु भयो ।
कार्यक्रमलाई महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले सन्चालन गर्नु भएको थियो भने वाल संजालकी अध्यक्ष अंकिता सुवेदीले स्वगत मन्तव्य राख्नुभएको थियो।
वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम सम्म ल्याउनकालागी सहयोग गर्नुहुने टोलविकास सस्था, बालक्लव, विध्यालय, स्वस्थ्य स्वयम सेवीकालाई सम्मान गरिएको थियो भएको छ ।