logo
शुक्रबार, साउन २९ २०८३

साना होटल तथा लज व्यवस्थापन तालिम सम्पन्न

होटल व्यवसाय तर्फ युवाहरुको आकर्षण बढ्दो


  • उमानाथ भण्डारी
  • बुधबार, असार २२ २०७९

कमल ,असार २२ । पछिल्लो समय युवाहरुमा होटल व्यवसाय तर्फको रुचि बड्दै गएपछि त्यसलाई पुरा गर्नका लागि नेपाल सरकारका विभिन्न सस्थाहरुले तालिम दिन थालेका छन् ।
शहरमा रहेका ठुलाठुला होटलमा भन्दा गाउँमा रहेका साना होटल तथा लजमा पाउना हरुको आकर्षण बड्न थालेको छ । शहरमा रहेको भिडभाड बाट एकैछिन भएपनि गाउँमा रहेको सान्त वातवरमा रमाउनका लागी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको लाभिन थालेका छन् ।
गाउँका साना होटल तथा लजमा पर्यटकलाई कसरी सिप सिकौं ,आत्मनिर्भर बनौं भन्ने उद्येश्यका साथ कमल गाउँपालिकामा रहेका युवाहरुलाई साँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय , नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठन तथा कमल गाउँपालिकाको आयोजना र ग्रामिण विकास फाउण्डेसन नेपाल झापाको व्यवस्थापनमा साना होटल तथा लज व्यवस्थापन सम्बन्धि १० दिने तालिम कमल गाउँपालिकाको क्याम्पामा सम्पन्न भएको छ ।
कमल गाउँपालिकामा दिन प्रतिदिन जनधनत्व बढी रहेको छ । पछिल्लो समय कमल गाउँपालिकामा थुप्रै होटल संचालनमा आई रहेका छन् । यो तालिम बाट तापाइ सहभागीहरुले धेरै कुरा सिक्नु भएको छ । तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले शुभकमना दिनुभयो ।
आज गाउँपालिकाको थुप्रै युवाहरु विदेशमा गएर लाखौ कमउदै हुनुहुन्छ । विदेशमा गएर लाखौ कमाउनु भन्दा स्वदेशमा परिवार संग बसेर चालिस पचास हजार कमाएको उत्तम हो त्यसैले तापाईहरु व्यवसायी बन्नुहोस के सहयोग गर्नुपर्छ त्यसकालागी गाउँपालिका तयार रहेको अध्यक्ष राईले बताउनु भयो ।
आज थुप्रै युवा विदेश भएका छन् आफु संग सिप नभएका कारण दुख पनि पाएका छन् । तपाईहरले दश दिनमा धेरैकुरा सिक्नु भएको छ ।त्यसलाई व्यवहारमा प्रयोग गर्नुहोस् र स्वदेश मै आम्दानी गर्नुहोस यदि विदेश नै जान चाहानुहुन्छ सिप सिकेर मात्र जान नेपालिका काग्रेसका कमल गाउँसभापति बुद्धिराज न्यौपानेले बताउनुभयो ।
तालिममा सिकेका कुरालाई प्रयोगमा ल्याउनुहोस् तब मात्र तालिमको उद्येश्य पुराहुन्छ । दश दिनमा तपाईहरुले धेरै कुरा सिक्नु भएको छ । त्यसलाई तपाईहरुले व्यवहारमा ल्याएमात्र स्वरोजगार हुने र आम्दानी पनि हुने नेकपा एकमलेका कमल गाउँकमिटी अध्यक्ष प्रेम पोख्रेलले बताउनु भयो ।
१० दिने सम्मको तालिमा तपाईहरु धेरै कुरा सिक्नु भएको छ । तालिममात्र दिएर व्यसायी बनिदैन व्यावसायीहुन र आम्दानी गर्नकालागी तालिममा सिकेको सिपलाई वयहारमा उतार्नु पर्ने नेकपा माओवादी केन्द्र कमल गाउँकमिटी अध्यक्ष प्रताप सुब्बाले बताउनु भयो ।
तालिममा होटल तथा लजको सरसफाई , विभिन्न खानाका परिकार बनाउनेदेखी लिएर अतिथि सत्कार लगायतका धेरै कुरा सिकेका छौ । तालिम अत्यन्तै राम्रो भएको कमल गाउँपालिका वडा नन्बर ४ निवासी पशिक्षार्थी सविता राईले वताउनुभयो ।
हामिले दश दिनको तालिममा धेरै कुरा सिकेका छौं । एउटै चिज बाट कसरी धेरै र मिटो परिकार बनाउन सकिन्छ । घरमा बनाउदै गरेको खानालाई अतिकति परिमार्जन गर्न सकियो भने त्यस बाट धेरै परिकार बनाउन सकिने रहेछ यसले भोलिको दिनमा आफै होटल तथा लज सन्चालन गर्नमा सहयोग पुग्ने अर्का प्रशिक्षर्थी संजिव राई बताउनुहुन्छ ।
साना होटल तथा लज सन्चालक वा चलाउने तयारीमा रहेका व्याक्तिकालागी लक्षित गरेर यो तालिमा सन्चालन गरेका हौं । यो तालिमाले होटल संग सम्बन्धित सम्पुर्ण तालिम दिएका छौ । जस बाट सहभागिले होटलको सरसफाई, व्यावस्थापन, ग्रहाकसगको व्यवहार , विभिन्न परिकारका खाना बनाउने तयारी लगायतका विषयमा प्रशिक्षण दिएको तालिम संयोजक अजय राज बखतीले बताउनुभयो ।
ग्रामिण विकास फाउण्डेसन नेपाल झापाकाका अध्यक्ष होम बहादुर बरालको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई फाउण्डेशनका महासचिव यामनारायण प्रधानले शाब्दिक शाब्दद्वारा स्वगत गर्नुभएको थियो भने सचिव विष्णु प्रकास निरौलाले सन्चालन गर्नु भएको थियो ।

तालिमका सहभागिलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठनका प्रशिक्षक द्वय अजय राज बखती र तुलसी भण्डारीले सहजिकरण गर्नु भएको थियो ।कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल वडा नम्वर २ का अध्यक्ष अशोक सुब्बा, नेपाली काग्रेस महासमिती सदस्य राजन ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो । तालिम समापन कार्यक्रममा प्रशिक्षर्थीले तालिममा सिकेका खनाका विभिन्न परिकार बनाएर खुवाउनु भएको थियो । तालिममा कमल गाउँ  पालिकाका ३३ जना युवा सहभागी  रहेका थिए ।
कमल गाउँपालिका तथा अन्य विभिन्न संघ सस्थाले गाउँपालिकाका थुप्रै बेरोजगार युवालाई तालिम दिईरहेको छ । तालिम दिएको अभिलेख हेर्ने हो भने अहिले पनि सयौंको संख्यामा अभिलेख भेटिएला तर त्यो तालिम बाट कतिजना स्वोरोजगार भए भन्ने अभिलेख भेट्न मुश्किलै पर्छ । तालिममा लाखौ रुपैया खर्च भएको छ । राज्यले तालिममा खर्च गर्नुभनेको बेरोजगार युवालालाई स्वरोजगार श्रृजनागर्नु हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend