logo
शुक्रबार, साउन २९ २०८३

छुवाछुत तथा विभेद अन्त्य विषयक अन्तरक्रिया


  • कुइनेटो न्युज
  • मंगलबार, असार २१ २०७९

कमल ,असार २१ । कमल गाउँपालिकाको केर्खामा आज छुवाछुत तथा विभेद अन्त्य विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समावेशी महिला शसक्तिकरण केन्द्रको आयोजना तथा सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर १ को आर्थिक सहयोगमा छुवाछुत तथा विभेद अन्त्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा छुवाछुत तथा विवेद अन्त्यका साथै आधारभुतसुरक्षा, लागुऔषधी प्रयोग, बाट आफ्ना बालबालीकालाई कसरी जोगाउने लगायतका विषयमा प्रहरी चौकी केर्खाका ईन्चार्ज प्रहरी नायब निरीक्षक सुवास मिश्रले सहजिकरण गर्नु भएको थियो ।
अहिले पनि हाम्रो समाजमा छुवाछुत तथा विवेदका घटना घटिरहेका छन् । त्यसलाई यस्ता कार्यक्रमले न्युनिकरण गर्न सहयोग पुग्ने छ । भने आफ्ना नानिहरु के गर्दैछन् काहाँ जान्छन् यस विषयमा अविभावकले ध्यान नदिएका कारण पनि युवाहरु दुव्यशसनिमा फस्ने गरेकोले यस तर्फ अविभावक सचेत भए मात्र आफ्ना नानीहरु लाई सहि बाटामा लान सकिने कार्यक्रमकी प्रमुख अतिथी गाउँपालिका राष्ट्रिय महासंघकी उपाध्यक्ष मेनुका काफ्ले ले वताउनु भयो ।
समावेशी महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष श्रृजना पौडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव भगवती राईले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधी , महिला शसक्तिकरण केन्द्रक सदस्य , टोल विकास सस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend