logo
शुक्रबार, साउन २९ २०८३

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता हुनेस्थानको अन्तिम तयारी पुरा

प्रतियोगिता शनिवार दिनको १ बजे बाट सुरु


  • कुइनेटो न्युज
  • शुक्रबार, असार १७ २०७९

कमल ,असार १७ । भदन भण्डारी एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत ७१ औ भदन भण्डारी जयन्तीका अवसरमा झापाको केर्खामा चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता हुनेस्थानको अन्तिम तयारी पुराएको छ ।
कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयको खेल मैदानमा हुनलागेको च्याम्पियनसिप प्रतियोगिताका लागी आवश्यक पर्ने खेलस्थान, प्रािधिक पक्ष, व्यवस्थापन लगायतको सम्पुर्ण तयारी पुरा भएको आज केर्खामा पत्रकार सम्मेलन मार्फत मदन मण्डारी स्पोर्टस एकेडेकीका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी गराउनु भएको छ ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा खेलकुदको हबका रुपमा रहेको झापामा पहिलो पटक हुन लागेको च्याम्पियनसिप प्रतियोगिता असार १८ गते शनिवार दिनको १ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्तरको २१ जना खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।प्रतियोगितामा हेवीवट च्याम्पियनले १ लाख २५ हजार, हार्डकारको विजेताले नगद १ लाख , मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाईटवेट च्याम्पियनले नगद ६० हजार , ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार रुपैया प्राप्त गर्ने राष्ट्रिय खेलकुद परिषदकी उप महासचिव महासचिव सुवर्णा श्रेष्ठले जानकारी दिनुभयो ।
कमल गाउाँपलिकामा राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता हुन लायेकोले आयोजक र खेलाडीलाई नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेले धन्यावाद दिनुभयो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend