logo
शुक्रबार, साउन २९ २०८३

चुलचुलीका बाख्रा पालक कृषकलाई व्यावसायीक तालिम प्रदान


  • कुइनेटो न्युज
  • बिहिबार, असार १६ २०७९

चुलाचुली, असार १६ । इृलामको चुलाचुली वडा नम्वर ५ का बाख्रा पालक कृषकलाई व्यावसायीक पशुपालन तालिम अन्तर्गत बाख्रा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
विपन्न ,दलित,जनजाति र सिमान्तकृत महिलाहरुकालागि आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तर्गत प्रदेश सरकार र चुलाचुली गाउँपालिकाको सहयोगमा बाख्रालक कृषकलाई तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी कृषकलाई पशु सेवा शाखाका प्रमुख महेश राईले बाख्राको खोर निर्माण, आहारा, प्रजनन्, बाख्राका जात , बाख्रामा लाग्ने विभिन्न रोग लगायतका बारेमा सहजी करण गर्नु भएको थियो भने महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख रीता पोख्रेलले बाख्रा पालन व्यवसायमा आवद्ध महिलालाई समुह गठन र व्यवसायीक परियोजना प्रस्ताव तयारी सम्बन्धी तालिम प्रदान गरिएको थियो ।
असार १५ गते बाट सुरु भएको तालिम आज समापन भएको छ । तालिमा चुलाचुली गाउँपालिका वडा नम्वर ५ का २० जना बाख्रापालक कृषकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend