logo
शुक्रबार, साउन २९ २०८३

निदिमा निर्वाचन क्याप्टेनमा इसान बिजयी


  • कुइनेटो न्युज
  • शनिबार, असार ११ २०७९

विर्तामोड, असार ११ । बिद्यालयमा अध्यनरत कक्षा ५ देखि ९ सम्मका २ सय ४६ जना विद्यार्थीहरु मतदानमा सहभागी रहेका थिए ।
प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेल्ने भएकाले यस्तो अभ्यास गरिएको प्रधानाध्यापक भीष्म प्रसाईले बताउनु भयो ।

सुनेका र पढेका कुरा ब्यबहारिक रूपमा प्रयोगात्मक सिकाई सहजीकरण अन्तरगत असल नागरिक बन्न बालबालिका लाई यस्तो अभ्यास गराईएको बालक्लब फोकल पर्सन नवीन आचार्यले बताउनु भयो । बिद्यालयका क्याप्टेन तथा भाईस क्याप्टेनको निर्वाचनमा ९०% मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए ।१ सय २४ जना बालक र १ सय २२ बालिकाले मुख्य २ पदका लागि मतदान गरेका थिए । भने १० जना उम्मेद्बारले उम्मेद्बारी दिएका थिए । सम्पन्न निर्वाचन बाट क्याप्टेनमा कक्षा ९ का इसान भट्टराइ र कक्षा ८ का लाविनहाङ सुव्बा योङ्हाङ भाईसक्याप्टेनमा बिजयी भएका निर्वाचन आयोग प्रमुख आचार्यले जानकारी दिनुभयो ।


 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend