logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ७१ करोड १२ लाख ३३ हजार भन्दा बढीको बजेट सभामा पेश


  • उमानाथ भण्डारी
  • शुक्रबार, असार १० २०७९

कमल ,असार १० । कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ७१ करोड १२ लाख ३३ हजार भन्दा बढीको बजेट पेश गर्नु भएको छ ।
गाउँपालिकाको आगामी आर्थिक वर्षमा २०७९÷०८० का लागि कुल ७१ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाकोे बजेट एघारौं गाउँसभामा पेश गर्नु भएको छ ।
प्रस्तुत गरिएको बजेटमा आर्थिक विकास तर्फ ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ २८ करोड २२ लाख ९७ हजार ५ सय,पुर्वाधार विकास तर्फ २६ करोड २० लाख ८७ हजार ५ सय ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५१ लाख २० हजार संस्थागत सुशासन तर्फ ११ करोड १७ लाख ६८ हजार र पर्यटन तर्फ १ करोड रुपैया विनियोजन गरीएको बजेट उपध्यक्ष तिवारीले सभामा प्रस्तुत गर्नु भयो ।
कमलवासी नागरिकहरुमा तोकिएको समयमा आफुले तिर्नु पर्ने कर समयमा नै तिरिदिनुहुन अनुरोध गर्दछु । तपाईहरुले तिरको करको सहि र समुचित सदुपयोग गर्दै कमल गाउँपालिकालाई समृद्ध कमल हाम्रो सरोकार भन्ने मुलनारालाई पुरागर्न सकिने छ । नागरिकले तिरिको कर बाट नै सबल र सक्षम स्थानीय तह निर्माण हुने भएकोले नागरीकहरुको विकासप्रतितको सकारातमक सोच र चाहाना स्थानिय आवश्यकता पहिचान, सामाजिक, आर्थिक र गतिविधीलाई नागरिकमैत्री बनाउनु पर्ने आजको आवश्यकता रहेको उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
प्रस्तुत गरिएको आय व्याय विवरणमा उल्लेख भएको बजेट कार्यान्वयनका लागि कमल गाउँपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनगर्न बनेको अर्थिक विधेयक २०७९ र स्थानीय सञ्चित कोषमा आय तथा खर्च गर्नकालागी बनेको कमल गाउँपालिकाको विनियोजन विधेयक २०७९ तथा सो संग सम्बन्धित विभिन्न अनुसुचिहरु समेत स्वीकृतीको लागि सभा समक्ष पेश गरिएको थियो ।
त्यस्तै .आर्थिक विधेयक २०७९,.विनियोजन विधेयक २०७९,खानेपानी तथा सरसफाइ र स्वच्छता विधेयक २०७९, भूमी विधेयक २०७९,बन विधेयक २०७९,कृषि तथा पशुपन्छी विधेयक २०७९,विधायन समिति गठन तथा सन्चालन कार्यविधी २०७९,अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा सन्चालन कार्यविधी २०७९र सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सन्चालन कार्यविधी २०७९समेत सभामा पेश गरीएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend