logo
शुक्रबार, साउन २९ २०८३

विशाल र रेणुको उपचार सहयोगार्थ अपिल


  • कुइनेटो न्युज
  • बुधबार, असार ८ २०७९

कमल , असार ८  । झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ ।
२८ वर्षिय राई विगत १ वर्ष भन्दा अगाडी देखी सिकेलसेल एनेमिया ( शरिरमा रगत उत्पादन नहुने )रोगका कारण विरामी हुनुहुन्छ । वहाँको अहिले काठमार्डौ स्थित सिभिल हस्पिटल मिनभवनमा उपचार गराई रहनुभएको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको उपचारकालागी ३० देखी ३५ लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ । अहिले सम्म भाईको उपचारमा ४ देखी ५ लाख सम्म खर्च भएको र अब आफुसंग भाईको उपचार गर्न आर्थिक अवस्था नभएका कारण विरामीका दाई धिरज राईले सबै सँग सहयोग गरिदसनुहुन अपिल गर्नु भएको छ ।
त्यस्तै दमक नगरपालिका ७ की ५२ वर्षिय रेणु सन्तराजको उपचारमा सहयोगार्थका लागी समेत पत्रकार सम्मेलन गरिएको छ ।
सन्तराज दुबै मृगौला खराव भएका कारण हाल विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचारार्थ हुनुहुन्छ । आमाको उपचारमा आफु सग भएका सबैे जायजेथा खर्च भै सक्यो । अझ आमाको उपचारकालागी ३० देखी ४० लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ ।
आमाको उपचारकालागी यती धेरै रकम जुटाउने आफु संग कुनै श्रोत नभएका कारण छोरा मुकेश सन्तराजले सबै सग आमाको उपचारार्थ सहयोग गरिदिनुहुन अपिल गर्नु भएको छ ।
विशाल र रेणु प्रतिनिधी पात्र मात्र हुन् गाउँ समाजमा यस्ता थुप्रै विरामी धेरै हुन्ुहुन्छ । कतिले रोग लाई भित्रभित्रै दवाएर राख्नु भएको छ । भने कति छटपटाई रहनु भएको छ । यस तर्फ सरकारको ध्यान जान आवश्यक छ । नत्रभने आर्थिक अवस्था न्युन भएका नागरीकको अकाल मै ज्यान नजाला भन्न सकिदैन ,।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend