कमल ,असार , ६ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले देश र जनतालाई केन्द्र विन्दुमा राखेर कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभएको छ ।
सोमबार सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा सम्पन्न सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्वोधन गर्दै डिआईजी गिरीले सोकुरा बताउनु भएको हो ।
भविष्यमा आइपर्न सक्ने जुनसुकै किसिमका सुरक्षा चुनौतीहरुलाई सामना गरी देशको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्दै जनतामा शान्ति, सुरक्षा तथा अमन–चयनको अनुभूति दिलाउन सक्नु नै हाम्रो निर्दिष्ट र निस्वार्थ लक्ष्य हुनुपर्ने वहाँले बताउनु भयो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक गीरी को प्रमुख आतिथ्यतमा प्रशिक्षार्थीहरुलाई पाथीभरा जवान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले सपथ ग्रहण गराउनु भएको थियो ।
दूई चरण गरी ३४ हप्तामा १ सय ७९ जना सशस्त्र प्रहरी जवनलाइले सफता पुर्वक तालिममा प्राप्त गर्नु भएको थियो ।
दिक्षान्त कार्यक्रममा पाथीभरा जवान तालिम शिक्षालय झापामा संचालित तालिम तर्फ सर्वप्रथम खम्बासिंह बम्जन, कवाज प्रथम तर्फ प्रथम आशिष तामाङ्ग,चाँदमारी तर्फ प्रथम अर्जुन खड्का, शारीरिक सहिष्णुता तर्फ प्रथम पवन तामाङ त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा संचालित तालिममा सर्वप्रथम तर्फ आदेश के.सी., कवाज तर्फ प्रथम संदीप मगर, चाँदमारी प्रथम बलराम यादव, शारीरिक सहिष्णुता तर्फ प्रथम सम्सेर बहादुर मगर पुरस्कृत हुनुभएको थियो ।
पुरस्कृत हुने सशस्त्र प्रहरी जवानलाई प्रमुख अतिथी सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गीरीले पुरस्का प्रदान गर्नु भइको थियो भने दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई अभिभावकका तर्फ बाट दज्यानी चिन्न शुशोभन गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेनाका प्रमुख तथा चुलचुली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, विभिन्न संघसस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन सशस्त्र प्रहरी निरीक्षक जनक बस्नेतले गर्नु भएको थियो ।