कमल ,असार , ४ । नेपाल स्काउट को ७० औं स्थापना दिवसको उपलक्षमा आज नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजनामा केर्खामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३२ जनाले रगतदान गर्नुभएको थियो ।
वाढीपहिरो,आगलागी लगायत अन्य विभिन्न विपद्का समस्यामा परेकालाई उद्धार गर्न स्काउटको महत्वपुर्ण भुमिकाका हुन्छ । कमल गाउँपालिकामा समेत विपद्का समयमा स्काउटले धेरै काम गरेको छ । आगामि दिनमा गाउँपालिकामा भएका सबै विध्यालयमा स्काउटको गठन गर्दै अगाडी बड्न आवश्यक छ । अगामी दिनका गाउँपालिका र स्काउट बिचको भुमिका कस्तोहुने भनने विषयमा छलफल र सहकार्यका साथ आगाडी बड्न गाउँपालिका तयार रहेको गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
हरेक विपद्का समयमा स्काउटको महत्व पुर्ण भुमिका हुन्छ । यसका साथै समाजमा बढी रहेको लागुऔषधी दुव्यासनिलाई न्युनिकरण गर्न पनि स्काउटको मुभिका महत्वपुर्ण छ । शिक्षा सँग सम्बन्धित कार्यक्रम भएकोले आगामी दिनमा स्काउट संग सहकार्य गर्दै अगाडी बढ्ने कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
७० वर्ष अगाडी स्थापना भएको नेपाल स्काउटले धेरै संघर्ष गरेर यहाँ सम्म आईपुगेको छ । अहिले सम्मम पनि कतिपय स्थानिय तहमा सदर्थ समिति गठन हुन सकेको छैन । जबकी कानुनी प्रवधान अनुसार स्थानियतहका प्रमुख संरक्षक र उपप्रमुख वा उपाध्यक्ष गाउँ स्तर स्काउट प्रमुख हुने व्यवस्था छ । आगामी दिनमा कमल गाउँपालिकाले नेपाल स्काउटलाई सहयोग गर्नेमा आफु आशावादी रहेको नेपाल स्काउट तदर्थ समिति प्रदेश नम्वर १ मा संयोजक रवि खनालले बताउनु भयो ।
नेपाल स्काउट तदर्थ समिति कमल गाउँपालिकाका संयोजक माया सिवाकोटीको अध्यक्षतामा सम्पन्न रत्तदान कार्यक्रमा उपस्थित अतिथी तथा रत्तदाता लार्ई सदस्य दिपक खड्काले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राखु भएको थियो भने सदस्य मनोज गुरुङ्ग सन्चालन गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधी ,कर्मचारी, सुरक्षाकर्मि लगायतको उपस्थित रहेको थियो ।