विर्तामोड । झापाको विर्तामोडमा योगदान राष्ट्रको लागि सामाजिक संस्थाले रक्तदान कार्यक्रम गरेको छ। जसबाट ८३ प्रिन्ट रगत संकलन भएको हो ।
झापाका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला कार्य समिति झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाले बताए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।
यसैबीच योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचौकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष संग्रौलाको अध्यक्षता, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रैलाको प्रमुख आतिथ्यता त्यस्तै बिर्तामोड नगरप्रमुख पवित्रा महत्तरा प्रसाई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, रेडक्रश झापा जिल्ला सभापति लोकराज ढकाल लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष डिल्लीराम पोख्रेलले गरेका थिए ।
रक्तदान कार्यक्रम संगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोड स्थित परोपकार वृद्धाश्रमका माता पितालाई फलफुल र जुस वितरण गरेको संस्थाका प्रवक्ता विजय उप्रेतीले जानकारी दिएका छन् ।साझामञ्च