कमल , जेठ २६ । शिवसताक्षी नगरपालिका वडा नं १ मा जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन सहित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं। १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।भवनको प्रमुख अतिथिद्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र जापान एमबेसी डिपुटी चिप मिसन तामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
उक्त भवन जापान सरकारको १ करोड ३६ लाख र शिवसताक्षी नगरपालिकाबाट १७ लाखको लागतमा निर्माण गरिएको लक्ष्मी नारायण माध्यमिक विद्यालयले जनाएको छ । भवन २ तले गरी ६ कोठाको रहेको छ ।
कार्यक्रममा नगरप्रमुख थोप्राले जापान सरकारले नेपालमा लगानी गरी विद्यालयको भौतिक अवस्थमा सुधार गरिदिएकोमा धन्यवाद दिनुभएको थियो ।
विद्यालयको भौतिक सुधार साथै अब शैक्षिक सुधार गर्नु पर्नेमा वहाँले जोडदिनु भयो । सामुदायिक विद्यालयलाई समय सापक्ष सुधार गरी विद्यार्थीहरु बस्ने डेक्स, बेन्च, विभिन्न कक्षा कोठाहरुमा विभिन्न सजावट गर्दै विद्यार्थी ध्यान पठाईमा लैजाने वातावरण बनाउनु पर्ने नगरप्रमुख थोप्राको भनाई थियो । शिक्षकहरुलाई आवश्यक पाठ्यक्रम अनुसारको तालिमहरु दिई शिक्षण सिकाईमा कन्जुस्याई नगर्न शिक्षकहरुलाई सुझाव दिनुभएको थियो । बाँकी रहेका भवनहरुलाई पनि निर्माण कार्य सम्पन्न गर्न नगरपालिकासँग कार्ययोजना सहित कागजात पेश गर्न समेत नगर प्रमुख थोप्राले आग्रह गर्नुभयो ।
त्यस्तै जापान सरकारको तर्पmबाट प्रमुख अतिथि समेत रहनुभएका तामूरा ताकाहिरोले समाजमा रहका अति विपिन्न समुदायहरु अध्ययन गर्ने शिक्षण क्षेत्रमा लगानी गरी विद्यार्थीहरुलाई अध्ययन गर्ने वातारण बनाउन जापान सरकारले अनुदान सहयोग गरेको बताउनुभयो ।यस्ता सहयोगले विद्यार्थीको भविष्य उज्ववल बनाउन जापान सरकारको योगदान पनि हुने नेपाल र जापान विचको मित्रता झनै बलियो भएर जाने वहाँको भनाई थियो । वहाँका अनुसार जापान सरकारले नेपालका २ सय विद्यालयहरुमा अनुदान सहयोग गरी भौतिक पूर्वाधार निर्माण गरेको छ ।
कार्यक्रममा लक्ष्मीनाराण विद्यालय र जापान सरकारसँग जोड्न भूमिका खेल्ने शिक्षा प्रेमी तथा अधिवक्ता अम्बरबहादुर थापालाई सम्मान गरिएको थियो । त्यस्तै निवर्तमान वडाध्यक्ष सुवास राई, शिवसताक्षी नगरपालिकालाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्याक खगेन्द्र लम्जेलले जानकारी दिनुभयो । नगरपालिकाको तर्पmबाट निमित्त प्रमुख प्रशाकीय अधिकृत प्रकाश चौधरीले सम्मान प्रत्र ग्रहण गर्नु भएको थियो ।त्यस्तै विद्यालय भवन निर्माणमा प्रत्यक्ष रुपमा सहयोग प्रदान गर्ने विद्यालय भवन निर्माण समितिका अध्यक्ष भिमबहादु खवास, पाथिभरा कन्स्ट्रशनका जीवन न्यौपाने, शिक्षक अकल बहादुर भुजेल, सन्त विर माझी, सामाजिक व्यक्तित्व गोपाल खत्री, विराट किँराती, डम्बर दाहाल, दुर्गा चेम्जोङ्ग, पूर्व शिक्षक माधव भण्डारी, निर्माण व्यवसायी बमबहादुर बोहोरा र शिक्षक कुमार खतिवडालगायतलाई विद्यालयले सम्मान गरेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नु भएको थियो । विद्यालयका शिक्षक खगेन्द्र लम्जेलले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक र अभिभावकहरुको बाल्लो उपस्थिति रहेको थियो ।