कमल, जेठ २२ । कमल नगर जेसीजले आज एक कार्यक्रममा विच गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्नुका साथै अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थनिय तह सदस्य निर्वाचनमा निर्वाचित नजप्रतिनिधिलाई खादा तथा सम्मानपत्र द्वारा सम्मान गरिएको छ ।
अहिलेका जनप्रतिनिधिले जेसीजलाई राम्रो संग बुझ्नु भएको छ । जसका कारण भोलिको दिनमा हामिलाई सहकार्यगर्न सहज हुनेछ छ । अघिल्लो निर्वावाचनमा समेत जेसीजमा आवद्ध धेरै साथिहरु निर्वाचित हुनुभएको छ । जो जेसीज बाट निर्वाचिन भएको छ उसले समाजमा अरुको भन्दा फरक काम गरेका कारण पुन निर्वाचिन हुनुभएका थुप्रै उदाहरण छन् । अहिले जनताका अपेक्षा हरेदिन बढेका छन् सोहि अनुसार जनप्रतिनिधिले कामथर्नु पर्ने हुन्छ समाजमा सकारात्मक कामगर्न आवश्यक रहेको मात्री शाखा दमक जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका वर्ष १७ का राष्ट्रिय अध्यक्ष जेसी प्रकास प्रसाद अधिकारीले बताउनु भयो 
जेसीज एउटा यस्तो सामाजीक सस्था हो । जहाँ समस्या त्याहा कमल नगर जेसीज पुगेको अवस्था छ । गाउँपालिकामा भएका अन्य सस्था भन्दा समाज रुपान्तरणमा जेसीज अगाडी छ । जसले समाज परिवर्तन गर्दै युवाहरुको व्याक्तित्व विकासका साथै नेतृत्व विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
हामीले कमल गाउँपालिकाका थुप्रै काम गर्नु छ । त्यसमा जनप्रतिनिधिले मात्र पुरा गर्न सकिदैन यसमा कमल नगर जेसीजको पनि भुमिका महत्वो पुर्ण हुन्छ संमृद्ध कमल निर्माणकालागी तपाई हाम्रो सहकार्य आवश्यक छ । जेसीजमा थुप्रै युवा हरुहुन
ुहुन्छ । त्यसैले जनप्रनिनिधि जेसीज मिलेर अगाडी बढ्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनुभयो । .
कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवादका साथै जेसीजले निर्माण गर्न लागेको कमल ४ स्थित जेसीज भवन र कमल गाथाको म्युजिक भिडियो निर्माण लगायत अन्य थुप्रै कार्यक्रममा गाउँपालिकाको सहयोग अवश्यक रहेकोले त्यस तर्फ नव निर्वाचित जनप्रतिनिधिले ध्यानदिन आवश्यक रहेका कमल नगर जेसीजका अध्यक्ष जेसी नारायण बस्नेतले बताउनु भयो ।
हरेक दिन उर्जनसिल युवाहरु विदेश जान बाध्य भएका छन् त्यस तर्फ जनप्रतिनिधीले जिम्वेवार भएर सकारातमक हिसाबले सोच्ने बेला आएको छ । यी विदेशिने युवाहरुलाई आफ्नै टोलमा रोक्न सकिएन भने भोलीे दर्दनाक स्थितीमा दुर्घटनामा देश फस्न सक्छ त्यसैले जनप्रतिनिधिले जान सक्ने सहभागी हरुले बताउनु भएको छ ।
कमलनगर जेसीजका महासचिव भिम अधिकारीले सन्चालन गर्नु भएको थियो भने निवर्तमान अध्यक्ष हेम दाहालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।