कमल, जेठ २१ ।समाज रुपान्तरणकालागी स्थानीयतहका जनप्रतिनिधि र सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको भूमिका महत्वपुर्ण हुने कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ ।
शिवसताक्षी नगरपालिकामा रहेको धरमपुर सामुदायीक विकास समाजको आयोजनामा सम्पन्न स्थानीय तहमा जनप्रतिनिधिका भूमिकाका विषयमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताउनुभएको हो ।
स्थानिय जनताले जनप्रतिनिधि र समाजिका संध सस्थाका प्रतिनिधि संग धेरैकुराको आस गरेको हुन्छ ।
“समृद्ध नेपाल सुखी नेपाली” निर्माणकालागी स्थानिय तहका जनप्रतिनिधिहरुको अहंम भुमिकाहुने भएकोले जिम्वेवार पुर्ण रुपमा लाग्नुपर्ने सहभागीहरुले बताउनु भएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष होम प्रसाद गौतमले नव निर्वाचित जनप्रनिनिधि भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जनप्रनिनिधिहरु जनताका आस्थाका केन्द्र विन्दु हुन् । उनिहरु कुनै दल वा बिचारभन्दा माथि उठेका हुन्छन् । त्यसैले जनप्रतिनिधिले सत्य र निष्ठाका आधारमा टेकेर जनतालाई सामाजिक न्याय दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओलीले बताउनु भयो ।
कार्यक्रममा शिवसताक्षी नगर पालिकाका नगर प्रमुख मेघाहांग थोप्रा,उप–मेयर नरमाया कार्की , नव र्विाचित जनप्रनिनिधि, नेकपा एमाले नगर ईन्चार्ज धन बहादुर थेवे विभिन्न सामजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधीेलगायतको उपस्थिती रहेको थियो ।