logo
शुक्रबार, साउन २९ २०८३

नेपाल निजामती कर्मचारी संगठन शिवसताक्षी द्वारा जनप्रतिनिधी र कर्मचारीलाई स्वगत तथा विदाई


  • उमानाथ भण्डारी
  • शुक्रबार, जेष्ठ २० २०७९

कमल ,जेठ १९ । झापाको शिवसताक्षी नगरपालिकाका स्थित नेपाल निजामती कर्मचारी संगठन शिवसताक्षी नगर ईकाई समितीको आयोजनामा विहिवार स्थानिय तह निर्वाचन बाट निर्वाचित नगरसभा सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरुलाई स्वगत गरिएको छ भने निवर्तमान नगर प्रमुख र उपप्रमुखका साथै राष्ट्रसेवक कर्मचारी हरुको विदाई समेत गरिएको छ ।
कार्यक्रममा नगरकार्यपालिका सदस्यमा निर्वाचित सदस्य तथा अन्यत्र बाट सरुवा भएर नगरपालिकामा आउनु भएका निजामती कर्मचारीलाई स्वगत गरिएको थियो भने । निवर्तमान नगर प्रमुख,उपप्रमुख तथा नगरपालिका बाट सरुवा भएर अन्यत्र जाने कर्मचारीचाई विदाई गरिएको थियो ।

जनप्रतिनिधीहरु पनि विभिन्न दल र पार्टी बाट निर्वाचित भएर आउनु भएको छ तपाई हरुपनि राष्ट्रसेवक कर्मचारीका विभिन्न संघ संघठनमा आवद्ध हुनुहुन्छ । हामी सबैको एउटै उद्येश्य हो समग्र नगरको विकास गर्नु नै हो । त्यसैले हामि सबै मिलेर समग्र नगरको विकासमा लाग्नु पर्ने नगर प्रमुख मेघ हाङ्ग थोप्रा (रोशन) ले बताउनु भयो ।
जनप्रतिनिधीको दवबका कारण कहिले काहि कर्मचारीलाई काम गर्नमा समस्या आउने गरेको छ । कर्मचारीले नियम र काननु भन्दा वाहिर गएर कामगर्न नसक्ने भएकोले यस तर्फ नव निर्वाचित नजप्रतिनिधीले ध्यान दिन आवश्यक रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकास चौधरीले बताउनु भयो ।
जनप्रतिनिधी संग जनताका थुप्रै आशा र भरोसा हुन्छ ति कुरा पुरागर्न कतिपय कानुनले दिदैन त्यसैले कर्मचारी र जनप्रतिनिधी मिलेर मात्र जनताका धेरै काम गर्न सकिन्छ यस विषयमा तपाईहरु जानकार हुनुहुन्छ । समग्र नगरको विकासकालागी कर्मचारी र जनप्रतिनिधी मिलेर अघि बड्नुपर्ने नगर उपप्रमुख नरमाया कार्किले बताउनु भयो ।
नेपाल निजामती कर्मचारी संगठन शिवसताक्षी नगरकमिटी अध्यक्ष विमल वास्कोटाको अध्यक्षतामा भएको कार्यक्रम नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले सन्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend