logo
शुक्रबार, साउन २९ २०८३

कमल ३ का निवर्तमान जनप्रतिनिधीलाई विदाई


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ २० २०७९

कमल ,जेठ २० कमल गाउँपालिका वडा नम्वर ३ का निवर्तमान जनप्रतिनिधीलाई एक कार्यक्रमका बिच विदाई गरीएको छ ।
गाउँपालिकाको ३ नम्वर वडामा कार्यारत कर्मचारीका तर्फ बाट निवर्तमान अध्यक्ष सहित जनप्रतिनिधीलाई विदाई गरीएको हो । विदाई कार्यक्रममा नव निर्वाचित अध्यक्ष अग्नि प्रसाद कोईराला सहित कर्मचारकिो टिमले निवर्तमान जनप्रतिनिधीलाई टिका, माला, पुष्पगुच्छा सहित मायाको चिनु प्रदान गर्नुभएको थियो ।
मुलुकमा लामो समय जनप्रतिनिधी विहिनको अवस्था रहेको बेला हामि निर्वाचित भएर आएका थियौं । , तेतीबेला हामिलाई न व्यवस्थित कायाालय थियो न कुनै कानुन नै थियो भने अर्को तर्फ जनताका ईच्छा र आकाँक्षा धेरै थिए । हामिले धेरै मुस्किलले काम गरेर याँहाँ सम्म ल्याएका छौं ।
अहिले कानुन बनेको छ । व्यवस्थित कार्यालय छ । पहिलेको तुलनामा अहिले कामगर्न धेरै सहज छ । यदी कुन बेला हाम्रो आवश्यकता महशुस भएमा संम्झनुहोला म लगायत मेरो टिम तपाईहरुलाई सहयोग गर्न तयार रहेको निवर्तमान अध्यक्ष नर प्रसाद दंगालले बताउनु भयो ।
जनप्रतिनिधी संग जनताले धेरै अपेक्षा गरेका हुन्छन् हामी भर्खरै निर्वाचित भएर आएका छौ । धेरै कुराको जानकारी हामी संग छैन । तपाईहरु संग प्रशस्तै अनुभव छ । हामि संग भएको ज्ञान र तपाईहरु संग भएको अनुभवलाई संगसंगै लिएर अगाडी बड्नुपर्ने हुन्छ तब मात्र जनताका अपेक्षा पुरा गर्न सकिने नव निर्वाचित अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।
वडा सचिव सागर दाहालले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई दलित महिला सदस्य केशरा बर्देवा नेपालीले शाश्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend