logo
शुक्रबार, साउन २९ २०८३

नव निर्वाचित राई द्वारा कमल गाउँपालिकाको अध्यक्षको पदभार ग्रहण

प्रशासनिक भवन निर्माण ,अस्पतालको स्तरोन्नती र बालमैत्री गाउँपालिका घोषणा निर्णय सदर


  • उमानाथ भण्डारी
  • बिहिबार, जेष्ठ १२ २०७९

कमल , जेठ १२ झापाको कमल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष हुकुम सिंह राईले आज सपथ ग्रहण संगै पदभार ग्रहण गर्नु भएको छ ।
राईले विहान ११ बजे झापा जिल्ला अदालतको सभाहलमा न्यायधिश गिरीराज गौतम समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।
त्यस लगत्तै पौने १ बजे कमल गाउँपालिकामा आएर राईले अध्यक्षको पदभार ग्रहण गर्नु भएको थियो । पदभार ग्रहण संगै राईले ३ वटा महत्वपुण निर्णय सदर गर्नु भएको छ ।
सदर गरिएका निर्णयमा गाउँपालिकाको परिसर भित्र गाउँपालिकालाई आवश्यक पर्ने प्रशासकीय भवन यथाशिग्र सुरु गर्ने ,कमल गाउँपालिकालाई चालु आर्थिक वर्ष भित्र बालमैत्री शासनयुक्त स्थानीय तह घोषणा गर्ने र गाउँपािलका को वडा नम्वर २ स्थित तोपगाछी स्वस्थ्य चौकीलाई कमल नगर अस्पतालको स्तरोन्नती गरी उक्त अस्पताल बाट आर्थिक वर्ष २०७९÷०८० को सुरु देखीनै कार्यक्रम सन्चालनगरी नागरीकलाई स्वस्थ्य उपचार सेवामा सहज र सुलभ तरिकाले सेवा प्रवाह गर्ने निर्णय सदर गरिएको अध्यक्ष राईले बताउनु भयो ।
नवनिर्वाचित अध्यक्षलाई कमल गाउँपालिकामा पालिकाका कर्मचारी, तथा विभिन्न दलका नेताले खादा र अविर लगाएर स्वगत गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend