logo
शुक्रबार, साउन २९ २०८३

सुवेदी द्वारा मतदातालाई बधाई तथा धन्यावद ज्ञापन


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ १२ २०७९

कमल ,जेठ १३ । गठबन्धनका तर्फ बाट कमल गाउँपालिकाको उपाध्यक्षका उमेद्वार पर्शुराम सुवेदीले मतदातालाई धन्यवादका साथै आभार व्याक्त गर्नु भएको छ ।
बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचनमा गठबन्धनका तर्फ बाट गाउँपालिकाको उपाध्यक्षका उमेद्वार बन्नु भएका सुवेदीले आफुलगायत गठबन्धनका सम्पुर्ण टिमलाई अमुल्य मत प्रदान गर्ने मतदातालाई धन्यवाद दिनुभएको हो ।
, वहाँका प्रतिष्पर्धी नेकपा एमाले की प्रमिला न्यौपानेले १० हजार ८५४ मत प्राप्त गरी विजयी हुनु भएको छ भने सुवेदीले ८ हजार ३७१ मत प्राप्त गर िउपविजेता बन्नुभएको छ । स्थानिय तह सदस्य निर्वाचनमा म सहित हाम्रो संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई यहाँहरुले दिनुभएको अमुल्य मतको उच्च सम्मान गर्दछु । मलाई गाउँपालिका उपाध्यक्ष पदमा यहाँहरुले दिनुभएको मतले मलाई अझ गम्भिर भएर अघि बढने हौसला दिएको छ सुवेदीले भन्नुभयो ।
निर्वाचनमा यहाँहरुले दिनुभएको अमुल्यमत, यहाँहरुको सक्रिय सहभागिता र हामीप्रति देखाउनु भएको अगाध माया र सदभावप्रति हार्दिक आभार व्यक्त गर्दै निर्वाचन परिणाम जे भए पनि यहाँहरुलाई आइपर्ने हरेक दुख सुखको घडीमा यहाँहरुको घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गर्दछु ्रतपाईं हरुले जून बिश्वासका साथ मलाई मतदान गर्नु भयो त्यो भरोसा लाई म कति पनि कम हुन दिने छैन भन्ने सुवेदीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
त्यसैगरी निर्वाचनमा सहभागी हुनुहुने गठबन्धन दल का नेता कर्याकर्ता हरु हाम्रा उमेदवार जिताउन दिनरात नभनी भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण सहयोगी मन हरु लाई विशेष धन्यवाद भन्न चाहन्छु भने निर्वाचन सफल बनाउन लागि पर्ने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान गर्नुहुने सबै सबैप्रति सुवेदीले हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend