logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाको अध्यक्षमा राई तथा उपाध्यक्षमा न्यौपाने विजयी


  • उमानाथ भण्डारी
  • सोमबार, जेष्ठ ९ २०७९

कमल ,जेठ ९ कमल गाउँपालिकाको अध्यक्षमा राई तथा उपाध्यक्षमा न्यौपाने विजयी हुनु भएको छ ।

झपाको कमल गाउँपालिकाको अध्यक्षमा हुकुम सिंह राई र उपाध्यक्षमा प्रमिला न्यौपाने विजयी हुनुभएको छ ।
गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका राईले १२ हजार ८६८ मत प्राप्त गरि विजयीहुनु भएको हो भने वहाँ निकटतम् प्रतिपष्र्धी एमालेका भिम प्रसाद राईले ९ हजार ६५३ मत प्राप्त गरी उपविजेता हुनुभएको छ ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालीकी न्यौपानेले १० हजार ८४५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वहाँका निकटतम् प्रतिपष्धी गडबन्धनका तर्फ बाट माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३७१ मत प्राप्त गरी उपविजेता हुनुभएको छ ।

त्यस्तै वडा नम्वर १ बाट केपाली काग्रेसका केदार कटुवालले १ एक हजार ७८६ वडा नम्वर २ बाट एकृकित समाजवादीका अशोक सुब्बाले १ एकहजार ८६० वडा नम्वर ३ बाट नेकपा एमालेका अग्निप्रसाद कोईरालाले १ हजार ७३९, वडा नम्वर ४ बाट नेकपा एमालेका चन्द्र प्रसाद भट्राई १ हजार ४७४ वडा नम्वर ५ बाट माओवादी केन्द्रका लाल बहादुर विष्ट १ हजार ५९२ वडा नम्बर ३ बाट एमालेका नरेन्द्र भट्राई १ हजार ७५० र वडा नम्वर ७ बाट एमाले कै पृथ्विपती राई १ हजार ६१२ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend