कमल ,जेठ ८ कमल ७ को वडा अध्यक्षमा राई निर्वाचित हुनुभएको छ ।
कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार वडा नम्वर ७ को वडा अध्यक्षमा नेकपा एमालेका तर्फ बाट पृथ्विपती राई निर्वाचित हुनुभएको हो ।
राईले (१,६१२) मत प्राप्तगरी विजयी हुनु भएको छ भने वहाँका निकटतम् प्रतिष्पर्धी गठबन्धनका माओवादी केन्द्रका रामकुमार गुरुङ्गले (१,२३८) मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी मनमायाँ सिटौला (१,८१९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा एमालेकै हिमादेबी नेपालीले(१,८०१) मत प्राप्त गरी विजयी हुनु भएको हो
खुल्ला सदस्यमा एमालेका टंकप्रसाद काफ्लेले (१,७३७ ) मत तथा एमालेकै हरिभक्त चल्लागाईले (१,७२८) मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनुभयो ।