logo
शुक्रबार, साउन २९ २०८३

कमल ६ को अध्यक्षमा भट्टराई निर्वाचित


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ ९ २०७९

कमल ,जेठ ८
झापाको कमल गाउँपालिकाको वडा नम्वर ६ को वडा अध्यक्षमा नरेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ ।
कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार कमल गाउँपालिकाको वडा नम्वर ६ को अध्यक्षमा नेकपा एमालेका तर्फ बाट उमेद्वारी दिनुभएका भट्टराई विजयी हुनुभएको हो ।
भट्टराइर्ले (१,७५०) मत प्राप्तगरी विजयी हुनु भएको छ भने वहाँका निकटतम् प्रतिष्पर्धी गठबन्धनका प्रेम कुमार राईले (१,३६७) मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी गंगादेबी राईले (१,६१८) मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा रोजिन विश्वकर्माले(१,५७३ ) मत प्राप्त गरी विजयी हुनु भएको हो

खुल्ला सदस्यमा टंक बहादुर खड्काले (१,५१९ ) मत तथा ओमप्रसाद पराजुली (१,५११) मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend