logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ को अध्यक्षमा गठबन्धनका विष्ट विजयी


  • उमानाथ भण्डारी
  • शनिबार, जेष्ठ ७ २०७९

कमल ,जेठ ७ झापाको कमल गाउँपालिका वडा नम्वर ५ को अध्यक्षमा गठबन्धनका तर्फ बाट लाल बहादुर विष्ट निर्वाचित हुनुभएको छ ।
विष्टले गोलाकार भित्र हँसिया हथौडा चिन्नमा १,५९२ मत प्राप्तगरी विजयी हुनु भएको हो भने वहाँका निकटतम् प्रतिष्पर्धी एमालेका खगेन्द्र तिवारीले सुर्यचिन्नमा १,४६७ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी चन्द्रकला सुब्बाले सुर्य चिन्नमा १,६२५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा भुमिका महरा दर्जीले सुर्य चिन्नमा १,५६३ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
खुल्ला पुरुष सदस्यमा ओम कुमार प्रधानले सुर्य चिन्नमा १,५१४ मत तथा चुरुङहाङ लावतीले सुर्य चिन्नमा १,४९८ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघी सार्वजनिक भएको मत परिमाण अनुसार कमल गाउँपालिकाको वडा नम्वर १ मा गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका केदार कटुवाल सहित पुरै टिम विजयी भएको थियो भने वडा नम्वर २ मा नेकपा एस का अशोक सुब्बा सहितको प्यानलै र वडा नम्वर ३ मा नेकपा एकमलका अग्नि प्रसाद कोईराला सहित प्यानलै एमाले र वडा नम्वर ४ मा चन्द्रप्रसाद भट्राई सहित एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म कमल गाउँपालिकाको वडा नम्वर १,२,३,४ र ५ सम्मको प्राप्त मतगणनाको पछिल्लो विवरण अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका हुकुमसिंह राईले रुख चिन्नमा ८९४४ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने वहाँका निकटतम् प्रतिष्पर्धी एमालेका भिम प्रसाद राईले सुर्य चिन्नमा ६८६७ मत प्राप्त गरी पछ्याई रहनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपानेले सुर्य चिन्नमा ७४६५ मत प्राप्त गर्नु भएको छ भने वहाँका निकटतम् प्रतिष्पर्धी गठबन्धनका पर्शुराम सुवेदीले ६१८४ मत प्राप्त गरी पछ्याई रहनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend