logo
शुक्रबार, साउन २९ २०८३

दमक नगरपालिकाको प्रमुखमा थापा र उपप्रमुखमा प्रसाई निर्वाचित


  • कुईनेटो संवाददाता
  • शुक्रबार, जेष्ठ ६ २०७९

कमल ,जेठ ६ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उमेद्वार विजयी हुनु भएको छ ।
नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रामकुमार थापा विजयी हुनुभएको छ भने उपप्रमुखमा गठबन्धनकै तर्फ बाट नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई विजयी हुनुभएको छ ।
थापाले १७ हजार ५२७ मत प्राप्त गरी नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । वहाँका निकटतम प्रतिष्पर्धी एमालेकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरी उपविजेता हुनुभएको छ । अधिकारी यस अघी दमक नगरपालीकाको उपप्रमुख हुनुहुन्थ्यौ ।
त्यस्तै नगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई विजयी हुनुभएको छ । वहाँले १७ हजार ७२ मत प्राप्तगरी नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएको हो भने वहाँका निकटतम प्रतिष्पर्धी एमालेका अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गर्नु भएको थियो ।
दश वटा वडा रहेको दमक नगरपालिकाका वडा नम्वर १  मा  एमालेका हरि प्रसाद न्यौपाने, वडा नम्वर २ मा एमालेकै प्रजापती वास्कोटा वडा नम्वर ३ मा एमालेका नविन बराल वडा नम्वर ४ मा कांग्रेसका पुन्य प्रसाद दाहाल वडा नम्वर ५ मा एमालेका ईन्द्र बहादु गुरुङ्ग वडा नम्वर ६ एमालेका टेक बहादुर थापा वडा नम्वर ७ राप्रपाका भिम प्रसाद पौडेल वडा नम्वर ८ मा एमालेका धर्म प्रसाद दाहाल वडा नम्वर ९ मा एमालेका कुवेर प्रसाद भट्टराई र वडा नम्वर १० मा काग्रेसका राजेन्द्र प्रसाद भण्डारी निर्वाचिन हुन भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend