कमल ,जेठ ४ । झापाको कमल गाउँपालिकाको निर्वाचन कार्यालयमा लगाईएको ताला आज बसेको सर्वदलिय सहमतीमा खोलिएको छ ।
मतगणनाका विषयमा विवाद भएपछि अर्को सहमति नभए सम्मकालागी निर्वाचन कार्यालय र दलिय सहमतीमा जेठ २ गते राती ११ बजे बाट निर्वाचन कार्यालयमा ताला लगाईएको थियो ।
निर्वाचन कार्यालयमा लगाएको ताला खोली रोकिएको मत गणना कार्यलाई पुन सुरुगर्ने विषयमा आज गाउँपालिका स्थित निर्वाचन कार्यलयमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने सहित निर्वाचन कार्यालयका कर्मचारी र कमल गाउँपालिकामा रहेका राजनितिक दलका प्रमुख सहति बसेको सर्बदलिय सहमतीमा ताला खोलिएको हो ।
बैठकले यसअघि मतपरिणाम घोषण भै सकेका कमल गाउँपालिका का वडा नम्वर १,२ र ३ को उमेद्घारले प्राप्त गरेको मत गणना फारम रुजु गर्ने र स्थकित गरिएको वडा नम्वर ४ को सुरु देखी मत गणना गर्ने निर्वाचन कार्यालय र दलिय सममति भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनु भयो ।