कमल , जेठ २ ।
कमल , जेठ २ । झापाको कमल गाउँपालिकामा एमालेले खाता खोल्यो वडा नम्वर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार कमल गाउँपालिकाको वडा नम्वर ३ को अध्यक्षमा नेकपा एमालेका अग्नि प्रसाद कोईराला सहित एमालेको प्यानलै विजयी भएको छ ।
निर्वाचान कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार अध्यक्षमा कोईरालाले १,७३९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाँका निकटतम् प्रतिष्पर्धी गठबन्धनका गौरीमान फागोले १,४२८ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी भगवती राईले १,६७० मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा केसरा बर्देवा नेपाली १,७१५ मत प्राप्त गरी विजयी हुनु भएको छ
खुल्ला पुरुष सदस्यमा एङ्गल गुरुङ्गले १,६०४ मत तथा सन्त बहादुर मगरले १,५८६ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनुभयो ।
यसअघी सार्वजनिक भएको मत परिमाण अनुसार कमल गाउँपालिकाको वडा नम्वर १ मा गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका केदार कटुवाल सहित पुरै टिम विजयी भएको थियो भने वडा नम्वर २ मा नेकपा एस का अशोक सुब्बा सहितको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।