logo
शुक्रबार, साउन २९ २०८३

कमल १ मा गठबन्धनको टिम विजयी


  • उमानाथ भण्डारी
  • आइतबार, जेष्ठ १ २०७९

झपाको कमल गाउँपालिका वडा नम्वर १ मा गठबन्धनको टिम वजयी भएको छ ।
कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार वडा अध्यक्षमा केदार कटुवाल सहित पुरै टिम विजयी भएको हो ।
गठबन्धनका केदार कटुवालले १७८६ मत प्राप्त गरी विजयी हुनु भएको छ भने एमालेका श्याम कर्किले १०६३ मत प्राप्त उप विजेता हुनुभएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ गठबन्धनकी बालकुमारी प्रसाईले १६६५ प्राप्तगरी विजयी हुनु भएको छ । भने एमालेकी शारदा निरौलाले ११७५ मत प्राप्त गरी उपविजेता हुनुभएको छ । दलित महिलामा गठबन्धनकी कमल वि.क.१६६० मत प्राप्त गरी विजयी हुनु भएको छ भने एमालेकी भिमा विश्वकर्माले ११७१ मत प्राप्त गर्नु भएको छ ।
खुल्ला पुरुष सदस्य तर्फ गठबन्धनका चैतन्य चम्लागाईले १६०९ विजयी हुनुभएको छ भने एमालका टिका बहादुर सुब्बाले ११५७ मत प्राप्त गर्नु भएको छ ।
गठबन्धनका भोला दुलालले १५३५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने र एमालेका योगराज चौहान ११२६ मत प्राप्त गर्नु भएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend