logo
शुक्रबार, साउन २९ २०८३

मतदान गर्न जेष्ठ देखी युवा सम्मको उत्साहपुर्वक सहभागीता


  • कुईनेटो संवाददाता
  • शुक्रबार, बैशाख ३० २०७९

कमल , बैशाख ३० ।आज सम्पन्न स्थानियतह सदस्य निर्वाचनमा झापाको कमल गउँपाालिकामा युवा देखी जेष्ठ नागरीकले समेत उत्साहपुर्वक मतदान गर्नु भएको छ ।मतदाताहरु आफ्ना मनपरेका उमेद्वारलाई मतदान गर्न विहानै देखी मतदान केन्द्र आएका थिए । यसरी मतदान गर्न आउनेहरमा कमल गाउँपालिका वडा नम्वर ५ स्थित मंगलमय माध्यामिक विध्यालय अन्तरगत “ङ” केन्द्र बाट १०९ वर्षका रन बहादुर कार्किले मतदान गर्नु भएको थियो ।
पाँचवर्षमा एक पटक आउने स्थानियतह सदस्यको निर्विाचनमा भागलिन पाउदा मतदाता निकै उत्साहितहुनुहुन्छ । दुई पटक सम्म निर्वाचनमा भागदिनु भएकी अप्सरा बस्नेत आफुले मनले खाएका उमेद्वारलाई मतदान गर्न पाउदा निकै खुशी हुनुहुन्थ्य । आफुले मतदान गरेका उमेद्वारलाई राम्रो काम गर्न सुझाव समेत दिनुभयो ।
मतदान गर्न पाएकोमा निकै उत्साहित छु । आफुले मतदान गरेर धेरै पटक विजय गराएका जनप्रतिनिधीले केहि कामगरेका छैनन् । जस्ले जितेपनि काम चै राम्रो गरुन् भन्नुहुन्छ स्थानिय कमला ढकाल ।
. वहाँले यसरी मतदान गरेका धेरै वटा अनुभव छन् । तर नेताले आफ्नो मात्र विकास गरे हामिजनताका लागी केहि गरेरन् । अबका जनप्रतिनिधीले केहि गर्छन् की भन्नुहुन्छ ईन्द्रमाया भण्डारी ।
जम्मा ३७ हजार ९ सय ५० जना मतदाता रहेको कमल गाउँपालिकामा ४४ वटा मतदान केन्द्र बाट मतदान भै रहेको छ । यो समाचार तयार पार्दा सम्म कमल गाउँपालिकामा ६ हजार ४ सय ७९ मत खसेको कमल गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गर्न जेष्ठ देखी युवा सम्मको उत्साहपुर्वक सहभागीता

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend