कमल, बैशाख २९ । झापाको कमल गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनहुने मतदान स्थालको सम्पुर्ण तयारी पुराहुनुका साथै मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।
गाउँपालिकामा रहेका ४४ वटा मतदान केन्द्रमा मतदातालाई मतदान गर्न सहज होस् भनेर गरिने सम्पुर्ण तयारी पुरा भएको र मतगणना गर्ने स्थानमा सिसि क्यामेरा समेत जडान भएको कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनुभयो ।
मतदान केन्द्रको तयारीका साथै सबै मतदान केन्द्र बाट मतदाता परिचयपत्र समेत वितरण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कमल गाउँपालिकामा पुरुष मतदाता संख्या १८ हजार ५ सय ४१ र महिला १९ हजार ४ सय ७ र अन्य २ गरी जम्मा ३७ हजार ९ सय ५० जना मतदाता रहेका छन् मतदाताले विहान ७ बजे देखी वेलुका ५ बजे सम्म मात्र मतदान गर्न सक्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोग बाट प्रकाशित अन्तिम मतदाता नामाबलीमा नाम समावेश भएका मतदाताले आयोग बाट जारि भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको आधारमा मतदान गर्न सक्ने आयोगले जनाएको छ । 
त्यसैगरी राष्ट्रिय परिचयपत्र वा राहादानी अथवा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणपत्रका आधारमा समेत आयोग बाट प्रकाशित भएको नामावली सग मेल खाएमा मतदाताले मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।