
ओलीको संवोधन सुन्न उपस्थित कमलका मतदाता
कमल ,बैशाख २७ ÷ देशको विकास र समृ मार्गचित्र एमाले ले नै कोरेको भन्दै यसलाई पूरा गर्ने जिम्मेवारी पनि एमालेकै भएको नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
स्थानिय तह निर्वाचनको प्रचार प्रसार गर्ने क्रममा गृहजिल्ला आउनु भएका अध्यक्ष ओलीले झापाको कमल गाउँपालिका द्घारा आयोजित चुनावी सभालाई सम्बोधनगर्ने क्रममा सो कुरा बताउनु भएको हो ।
देशको विकास र समृद्धीको मार्गचित्र एमाले ले नै कोरेको भन्दै यसलाई पूरा गर्ने जिम्मेवारी पनि एमालेकै हो । कमलमा चुनावी सभालाई सम्वोधन गर्दै ओलीले एमालेले ल्याएका लोकप्रिय कार्यक्रम र योजनाकै कारण बाँकि सवै दल गठवन्धन बनाउन बाध्य हुनु परेको बताउनुभयो । देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दावि गर्दै पुन एमालले त्यो अपुरा छोडेका काम पुरा गर्नु पर्ने भएकोले एमालेका उम्मेद्वारलाई सुर्य चिन्नमा मतदान गरेर जिताउनु पर्ने बेला हाएको ओलीलेबताउनु भयो ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार जना भन्दा बढि एमालेमा प्रवेश गरेको एकमले पार्टीले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष ओली, पूर्वमन्त्री तथा एमाले नेतृ शिवमायाँ तुम्बाहम्फे लगायतले स्वागत गर्नुभएको थियो ।
ओलीले आज नै मोरङ्गको मिक्लाजुङ्, झापाको कमल र गौरीगञ्जका गाउँपालिका तथा दकम , गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावि सभालाई संवोधन सकेर काठमाडौमा हुने सभालाई संवोधन गर्न आजै ओली त्यस तर्फ लाग्नु भएको छ ।