गौरीगञ्ज , बैशाख २७ । एमालेले विकासको जिम्मा लिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । गृहजिल्ला पुगेका अध्यक्ष ओलीले झापाको गौरीगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई जिताए विकासको जिम्मा लिने बताएका छन् ।
ओलीले भने, ‘ तपाईंको जिम्मा एमालेलाई विजयी बनाएर पठाउने हो, एमालेको जिम्मा विकास गरेर देखाउने हो ।’ ओलीले आफूले जितेको ठाउँमा मात्र विकास नगरी समग्र देशको विकासमा एमाले चिन्तित भएको पनि बताए । उनले गृहनगर दमकको उदाहरण दिँदै दमकमा एमालेको नेतृत्व भएका कारण दमकमा बढि बिकास भएको समेत सुनाए ।
अध्यक्ष ओलीले गठवन्धनको टिप्पणी गर्दै भने, ‘गठवन्धनले केही गर्न सक्दैन, जहाँ नागरिक सचेत छन् त्यहाँ एमालेले जित्छ, जहाँ सचेत छैनन् त्यहाँ गठवन्धनले