logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाको अध्यक्षमा कस्ले मार्ला बाजी


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख २३ २०७९

कमल, बैसाख २३ । आगामी बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमल गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जना र उपाध्यक्ष पदका लागि आठ जना चुनावी मैदानमा उत्रेका छन् ।

यो पटकको स्थानिय तहको चुवावि प्रतिस्पर्धामा नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ भने । नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एस ,संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च, लोकतान्त्रिक समाज वादी पाटी, मंगोल नेशनल अर्गनाईजेसन लगायत छ दलिय गठबन्धन चुनावी प्रतिपर्धामा छ ।
गाउँपालिकाको अध्यक्ष पदकालागी एमालेका तर्फ बाट भिमप्रसाद राईले उम्मेद्वारी दिएका छन्  । त्यसैगरी गठबन्धनका तर्फ बाट गाउँपालिकाको अध्यक्षमा पदमा हुकुम सिंह राईले उम्मेद्वार दर्ता गराएका छन्  भने राप्रपाका तर्फ बाट विक्रम अधिकारीले गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो उमेद्वरी दर्ता गराएका छन् ।

त्यस्तै अन्य साना दल समेत चुनावी प्रतिष्पर्धामा आएका छन् । प्रमुख पद नजित्ने भएपछि गाउँपालिकाको उपाध्यक्षको पदमा उमेद्वारी दिएका हुन् । यसरी उम्मेद्वारी दिनेहरुमा नेपाल समाजबदी पार्टीका तर्फ बाट राम बहादुर थापा , मंगोल नेशनल अर्गनाईजेसनका तर्फ बाट जमुना चेम्जुङ्ग, राप्रपा नेपालका तर्फ बाट तारादेबी अधिकारीले उमेद्वारी दिएकाहुन् ।त्यसैगरी स्वतन्त्र तर्फ खगेन्द्र प्रसाद दाहाल,गणेश वान्तवा र सन्तोस कुमार राईले समेत कमल गाउँपालिकाको उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन् ।
कमल गाउँपालिकामा यस पटकको चुनावमा ३७ हजार ९ सय ५० जना मतदाता रहेकाछन् । यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको बाजी कसले मार्ला भन्ने मतदातामा जनचासो चुलिदैछ । एकातिर नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने अर्को तर्फ ६ दलिय गठबन्धन चुनावी मैदानमा कम्मर कसेर लागेको छ । भने अन्य दलले समेत उपप्रमुखको दाबी गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिईरहेका छन् ।
अहिले ठुला दल होस या साना अथवा स्वतन्त्र सबै दलले आफ्ना उमेद्वारलाई विजयी गराउनकालागी मतदाताको घरघर र टोलटोल पुगेर आफ्नो पक्षमा मत मागी रहेका छन् । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने अध्यक्षका प्रत्याक्षी मेनुका काफ्ले र हुकुमसिंह राई दुबै जनाले ८ हजार २ सय ७५ मत प्राप्त गरेका थियो भने गोलाप्रथा द्वारा नेकपा एमालेका उमेद्वार मेनुका काफ्ले विजयी भएकी थिईन् भने नेपालिका काँग्रेसका हुकुम सिंह राइ उपविजेता भएका थिए ।
२०७४ सालको स्थनिय तहको चुनावमा माओवादी केन्द्रले १ हजार ९ सय ९ मत प्राप्त गरेको थियो गतवर्षको निर्वाचनमा माओवादीले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो पटक गठबन्धनले जित्ने पक्का देखिए पनि अहिलेको अवस्था त्यस्तो नभएको भन्दै एमालेका उमेद्वार आफैले चुनाव जित्ने दावि गर्दै घरदैलो अभियानलाई झनै तिव्रता दिईरहेका छन् ।

गत चुनावमा ३ सय ४५ मत प्राप्त गरेको राप्रपाले यो पटकको निर्वाचनमा आफ्नो पकड बलियो बनाउन मतदाताका घर घरमा र टोलटोलमा पुगेर मत मागि रहेको छ भने लोकतान्त्रिक समाज वादी पाटी ,मौलिक जरोकीलो पार्टी,संघिय लोतान्त्रिक राष्ट्रि मन्च , नेपाली जनता दल,नेपाल समावेसी पाटी, मंगोल नेशनल अर्गनाईजेसन, लोकतान्त्रिक समाज वादी पाटी ,मौलिक जरोकीलो पाटी, नेपाली जनता दल,नेपाल समावेसी पाटीले समेत मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो कार्यक्रमलाई तिव्रता दिई रहेका छन् ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend