logo
शुक्रबार, साउन २९ २०८३

कमल –३ का वडा अध्यक्षका उम्मेदवार कोईराला को हुन् ?


  • उमानाथ भण्डारी
  • बिहिबार, बैशाख २२ २०७९

कमल गाउँपालिका ३ नम्वर वाडका अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार अग्नि प्रसाद कोईराला भविष्य बोकेका एक सशक्त नेता हुन् । बुबा भवानी प्रसाद कोईराला र आमा नरमाया कोईरालाको कोख बाट विक्रम सम्वत् २०३१ साल असार ३० गते तत्कालीन तोपगाछी गाविस ७ हाल कमल गाउँपालिका ३ केर्खामा जन्मेका कोईरालाले २०४७ सालमा दमक क्याम्पसमा अध्यायनरत रहँदा नै अखिल को प्रारम्विक कमिटी बाट वाम राजनीति सूरु गर्नु भएको हो । कोईराला हाल नेकपा एमाले कमल गाउँकमिटी ३ नम्वर वडाको अध्यक्षका साथै गाउँकमिटी सदस्य समेत हुनुहुन्छ ।
एम.ए ÷ वि.एड.सम्मको अध्ययन पुरा गर्नु भएका कोईराला शैक्षिक तथा विभिन्न सामाजिक संघ सस्थामा आवद्ध हुनुहुन्छ । वहाँको शैक्षिक तथा सामाजिक संघ सस्थामा लामो अनुभव रहेको छ । वहाँ अवद्ध संघ सस्थामा वण्डरल्याण्ड माध्यमिक विध्यालयका संस्थापक प्रिन्सिपल, कमल सहित्य कला संस्कृती प्रतिष्ठानको अध्यक्ष , एनएमसी सहकारी सस्थाको केर्खा सेवा केन्द्रको संयोजक , लायन्स क्लव अफ केर्खाको सस्थापक अध्यक्ष,एनप्याब्सन १ नम्वर प्रदेशका निर्वमान सहसचिव, हिसान झापा जिल्ला सदस्य,कोईराला सेवा समाजको जिल्ला सदस्य  लगायत आधादर्जन भन्दा बढी संघ सस्थामा आवद्ध हुनुहुन्छ ।
आफ्नो विचार प्रष्ट राख्ने र योजना अनुरूपका कामलाई सम्पन्न गर्नेे बानी छ । वार्डवासीको सेवामा आफूलाई अहोरात्र समर्पित गरिरहेका छन् । वार्ड नं. ३ का एमाले कार्यकर्ताहरूमा उनको बलियो पकड छ भने शिक्षक, मजदुर, पत्रकार, बुद्धिजीवी, रिक्सावाला, व्यापारी, व्यवसायीसँग पनि उनको घनिष्ठ सम्बन्ध छ । त्यसैले वहाँलाई बहुमत कार्यकर्ताले वार्ड अध्यक्षको उम्मेदवार उठाउने प्रस्ताव गरेपछि पार्टी नेतृत्वले पनि जनभावनालाई बुझेर कार्यकर्ताको निर्णयलाई स्वीकार ग¥यो । उनले वार्डअध्यक्षको टिकट पाए पछी युवाहरूसँग मिलेर चुनाव प्रचारप्रसारमा जुटिरहनु भएको छ । उनलाई वार्ड सदस्यमा साथ दिने उम्मेदवारहरू,एङ्ग गुरुङ्ग, चन्द्र मगर ,भगवती राई,केसरा बर्देवा नेपाली पुरा सहयोग छ, त्यति मात्र होइन वार्ड नं. ३ का एमाले नेताहरू राम बुढाथोकी, ज्ञानेन्द्र सापकोटा, छत्र फागो, गौरा चापागाँई, शरण कुमार पराजुली विरेन्द्र अधिकारी,सन्तनाथ बानियाँ,लेखनाथ सुवेदी, लगायत सयौं कार्यकर्ताको पूर्ण साथ र सहयोग छ ।
अहिले पनि वार्ड नं. ३ को कुन टोलमा कस्तो समस्या छ र काम कसरी अघि बढिरहेको छ भनेर उनी चिन्तनशील हुनुहुन्छ । वहाँ भन्नुहुन्छ , ‘राजनीति भनेको जनताको सेवा हो, यो पनि एक प्रकारको सामाजिक सेवा नै हो ।’ आफ्नो ५ वर्षे वाड अध्यक्षको कार्यकालमा सदैव जनताको हितमा काम गर्ने उनी सबैका प्रिय छन् र मृदुभाषी पनि छन् । कसैलाई भनेर बिझाउनेभन्दा पनि उसलाई सहयोग गरेर मीठो वचनले रिझाउने कोईरालाको बानी छ ।
दूरदृष्टि, जनसम्पर्क, व्यक्तित्व, सत्य र न्यायप्रतिको निष्ठा, जनतासँगको घुलनशीलता र जवाफदेहिता नेतृत्वका गुण हुन् । कोईराला सबै तह, तप्का, वर्ग, धर्म र जातका मानिससँग उत्तिकै सम्बन्ध राख्ने, जनसरोकार, चासो र समस्या बुझ्न सक्ने र समस्या हल गर्न समाधानकर्ताको गुण रहेको छ । नेकपा एमालेले बोकेको सामाजिक रूपान्तरणका लागि परिवर्तनका वाहक बन्न सक्ने खुबी वहाँमा छ । जीवनका हरेक क्षेत्रमा पारदर्शिता कायम राख्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने गरी काम गर्ने उनको सङ्कल्प छ ।
कोईरालाका मुख्य एजेन्डा के हुन् ?
कमलको आर्थिक, शैक्षिक र राजनीतिक केन्द्र मानिने वार्ड नं. ३ र विशेषगरी शहरउन्मुख केर्खा बजारलाई व्यवस्थित शहरको रूप विकास गर्न हचुवामा बजेट विनियोजन गर्ने परम्परालाई रोक्ने र प्राविधिक नक्साङ्कन, रूपाङ्कन र अनुमानित लागतको आधारमा मात्र बजेट छुट्टाउने पद्धति शुरु गर्ने वहाँ बताउनुहुन्छ । पूर्वाधार निर्माण लगायतका विनियोजित बजेट खर्च गरी फस्र्याैटका लागि उपभोक्ता समितिलाई समस्या परिरहेकाले सहजीकरणका निम्ति वार्ड कार्यालयमा जनशक्तिको सो काममा सहयोग निम्ति व्यवस्था गरिने । ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेलाई भत्ता प्राप्त गर्न कठिनाइ भएकाले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिने एकल महिलाका लागि सीपमूलक तालिमको आयोजना गर्ने र स्वरोजगार सृजनाका लागि वातावरण बनाउने र युवालाई उद्यमी बन्न र उत्पादनमूलक काममा सहभागी हुन प्रेरित गर्ने , वार्डका योजना निर्माण र कार्यान्वयनमा सबैको सहभागिता सुनिश्चित गर्ने र वार्डबाट गरिने प्रशासनिक कार्यमा सबै तहका जनताको समान पहुँच स्थापित गर्ने वातावरण बनाउने ,नागरिकता ऐन अनुसार नागरिकता पाउन योग्य वडाका सबै नागरिकलाई बिना भेदभाव नागरिकता प्राप्तिका लागि सहजीकरण गरिने, वडामा रहेका विध्यालयको शैक्षिक पठनपाठन र गुणस्तरीय बनाउन वार्ड कार्यालयको तर्फबाट आवश्यक सहयोग , सडकलाई स्तरउन्नती सहति कालोपत्र्रे गर्ने र स्वच्छ खानेपानीको सेवा विस्तारका लागि पहल गरिने काईरालाको योजना रहेको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend