कमल,वैशाख २०
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज बाट सुरु भएको छ ।
कमल गाउँपालिका वडा नम्वर ५ पाडाजुँगीमा आँखझ्यिाल होटलको सभाहलमा भएको तालिमको प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गर्नु भएको थियो तालिममा जिल्लाका क्रियाशील ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा अनलाइनका अग्रज पत्रकार नेपालखबर डटकमका सम्पादक अरुण बरालले सहजीकरण गर्नु भएको थियो ।
उद्घाटन समारोहमा महासंघ प्रदेश १ समितिका सदस्य विष्णु सुब्बा, प्रेस चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस युनियनका जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिलदेव राई, फोनिजकी जिल्ला अध्यक्ष भूमिका सुब्बा, सञ्चार क्लब गौरादहका सचिव सान नेपाल, शिवसताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गर्नु भएको थियो ।
गौरादह नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै विचारलाई समाचार बनाउन नहुने, समाचार तथ्यपरक हुनुपर्नेमा जोड दिनुभएको थियो ।
‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नाराका साथ मंगलबार अर्थात मे ३ तारिकमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।