कमल बेशाख १६ निर्वाचान को मिती नजिकिदै जाँदा नेकपा माओबादी केन्द्र कमल गाउँकमिटीमा असनतुष्टि चुलिदै गएको छ ।
हजारौं शहिदको बलिदान बाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको खिल्लि उडाउदै पाटिका उपल्लो तहका नेता तथा कार्यकर्ताले ईमान्दारीका साथ काम नगरेको प्रति असुन्तुष्टि जनाउदै पाटी का गाउँ तथा प्रदेश कमिटीका सदस्यले आजैका दिन देखी पाटी बाट अलग भई स्वतन्त्र रहने प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।
पाटिका नेता तथा कार्यकर्ताले ईमान्दारीका साथ काम नगरेको प्रति पाटि भित्र पटक पटक कुरा उठाउदा समेन कुनै सुनवाई नभएपछि नेकपा माओबादी केन्द्र कमल गाउँकमिटी सचिवालय सदस्य शान्ता उप्रेती दाहाल, वडा नम्वर ५ कमिटी अध्यक्ष विरेन्द्र प्रसाद तिवारी, सदस्य पुरन भण्डारी, प्रदिप पौडेल एकिकृत नेपाल शिक्षक संगठन प्रदेश कमिटी सदस्य यमनाथ दाहाल कमल गाउँकमिटी सह सचिव विनोद शार्मा लगायत २४ जनाले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेस विज्ञप्ती मार्फत पाटी बाट स्वतन्त रहेको घोषणा गर्नु भएको छ ।