logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा प्रविधिक शिक्षा अध्यायनरत विध्यार्थिलाई छात्रवृत्ती प्रदान, एम्वुलेन्स हस्तान्तरण र ठेलाभ्यान प्रदान


  • उमानाथ भण्डारी
  • बिहिबार, बैशाख १५ २०७९

कमल ,बैशाख १५ गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक निती कार्यक्रम तथा बजेटमा व्यवस्था भएको प्रविधिक विषयका विध्यार्थिलाई छात्रवृत्ती वितरण गरेको छ ।
छात्रवृत्ती वितरण अन्तरगत कमल गाउँपालिका वडा नम्वर ७ स्थित सरस्वती माध्यमिक विध्यालयमा अध्यायनरत विध्यार्थिलाई आइएससी एजी र भेटेरीनरी जेटिए मा अध्यायनरत विध्यार्थि ३१ जना र कमल गाउँपालिका २ स्थित महेन्द्ररत्न माध्यमिक विध्यालयमा अध्यायनरत १८ जना विध्यार्थिलाई छात्रवृत्ती बापत जनहि दश हजार रुपैया दरले अत्रवृती वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्र न्यून आए भएका नागरीकलाई व्यापार व्यवसाय गरेर आर्थिक उन्नती गरुन् भन्ने उद्येश्यले प्रत्येक वडा बाट ५ जनाका दरले ७ वटा वडाका ३५ जना व्यसायीलाई ठेला भ्यान वितरण गरिएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
ढाकी र नाङ्गलोमा व्यापार व्यवसाय गर्दै आउनुभएका व्यसायीलाई व्यवसाय प्रवद्र्धनकालागी ठेलाभ्यानले ठुलो सहयोग पुग्ने कमल गाउँपालिका वडा नम्वर ३ निवासी रीन ठाकुर बताउनु हुन्छ ।
त्यसैगरी गाउँपालिका भित्र बसोवास गर्ने नागरीकलाई विरामी भएको बेला सहजरुपमा अस्पताल सम्म जान कालागी ओम आदि फाउण्डेसन काठमाडौको सहकार्यक्रम एम्बुलेन्सको व्यवस्था गरेका छ । सो एम्बुलेन्स सन्चालनकालागी नेपाल रेडक्रस सोसाईटी लाखनपुर उपशाखालाई कार्यविधी बनाएर सन्चालनकालागी प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका बाट प्राप्त एम्बुलेन्स बाट गाउँपालिका भित्र वसोवास गर्ने सुत्केरी महिलालाई निशुल्क सेवा प्रदान गर्नुपर्ने छ । त्यसकालागी गाउँपालिकाले वार्षि ३ लाख पैया उपलब्ध गराउने गरी सहमती भएको नेपाल रेडक्रस सोसाईटी लाखनपुर उपशाखाका सभापती चन्द्र शाहाले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend