logo
शुक्रबार, साउन २९ २०८३

दलहरुले विभिन्न ठाउँका राखेका झण्डा तीन दिन भित्र हटाउनु पर्ने


  • उमानाथ भण्डारी
  • बुधबार, बैशाख १४ २०७९

कमल ,बैशाख १३ जिल्ला प्रशासन कार्यालयमा मंगलवार भएको निर्वाचन आचार संहिता अनुगमन समितिको बैठकमा निर्वाचन आचार संहिता प्रभावकारी रुपमा पालना गर्ने, आचारसंहिता प्रतिकुल हुने प्रचार सामग्री उत्पादन नगराउन व्यावसायीहरुलाई अनुरोध गर्ने, विभिन्न स्थानमा राखिएका झण्डा तीन दिन भित्र हटाउने नहटाएमा स्थानीय प्रशासनले हटाउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनु भयो ।
यसै गरि सुचना प्रणालीलाई प्रभावकारी बनाउन एकद्धार प्रणाली बनाउने, स्थानीय निर्वाचन आचार संहिता पालना गर्नेमा थप कढाई गर्ने, र सार्वजनिक सवारी साधनमा जिल्ला भरि संचालन हुने सवारी साधनमा पार्टीको झण्डा र चुनाव चिन्ह राख्न नपाईने राखेको खण्डमा तत्काल हटाउन लगाउने यातायात व्यावसायी विच सहमति भएको सहमति भएको छ । दलहरु द्वारा निर्वाचन आचार संहिता पुर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
झापाका प्रमुख निर्वाचन अधिकृत गिरीराज गौतमको अध्यक्षतामा भएको बैठकमा पाटिका जिल्ला तहका नेता, प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख,पन्ध्र वटै पालिकाका निर्वाचन अधिकृत ,उद्योगी व्यासायी, यातायात व्यवसायी,लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend