कमल ,बैशाख ११। अपाङ्गता भएका परिवारका सदस्यको आर्थिक उन्नती गर्ने उद्येश्यले महिलालाई सिपविकास सम्वन्धि तालिम प्रदान गरिएको छ ।
चैनपुर नगरपालिकामा स्थाई बसोवास गर्ने अपाङ्गता भएका नागरिकका सदस्यको आर्थिक उन्निती गर्ने उद्येश्यले नगरपालिकाको आयोजना तथा उद्यमशिल महिला जागरण केन्द्र झापाको प्रविधिक सहयोगमा तालिम सन्चालन भएको हो ।
तालिमा परालको जुत्ती बनाउने सम्बन्धि हिमकला चापागाई र विकट(कपडाको झोला) बाट माला बनाउने सम्बन्धि शान्ता उप्रेती दहालले तालिम प्रदान गर्नु भएको थियो । तालिम अत्यन्तै प्रभावकारी भएको छ यो तालिमले हामिलाई राम्रो सहयोग पुग्ने तालिममा सहभागी विमला राईले बताउनुभयो ।
सामान्य घर खर्च चलाउनलाई समेत हामिलाई समस्या थियो । तालिम बाट धेरै कुरा सिक्यौं अब यसलाई व्यवहारमा उतार्न सक्यौ भने राम्रै आम्दानी गर्न सकिन्छ भन्ने लागेको अर्का सहभागी सीता पौडेल बताउनु हुन्छ ।
तालिमा समाजमा रहेको अपाङ्गता तथा अतिविपन्न परिवारका सदस्यलाईे आम्दानी बढाउनु सहयोग पुग्ने चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले बताउनुभयो ।
तालिमको उद्घान कार्यक्रममा नगरपालिकाकी उपमेयर मुना श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल र समामाजीक विकास शाखा प्रमुख सुर्य किरण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।