कमल , बैशाख १९ । झापाको कमल गाउँपालिकाको ७ नम्वर वडालाई दोश्रो वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ७ ले सबै सुचक पुरा गरेपछि एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडालाई पालिकाको दोश्रो बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने क्रममा ७ नम्वर वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडामा अबदेखी कुनै पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बन्चित हुने छैनन् र सबै बालबालिकाले शतप्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर पाउनुनेमा आफु विश्वस्त रहेको अध्यक्ष काफ्लेले बताउनुभयो ।
१६ दशमलव ६ बर्गकिलोमिटरमा क्षेत्रफलमा फैलिएको वडामा १ हजार ७ सय २५ घर धुरी छन् । ६ हजार ४० जनसंख्या रहेको वडामा ३ हजार ४१ जना पुरुष र २ हजार ९ सय ९३ जना महिला रहेका छन् भने १८ वर्ष भदा कम उमेरका २ हजार १ सय ९९ जना वालबालिका रहेको वडाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बालमैत्री वडा घोषण अभियानमा सहयोग पुर्याउने कारितास नेपाल दमक शाखा, सहजकर्ता सुमन ढकाल , टोल विकास सस्था,बाल क्लव तथा विध्यालयलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रसाशकिय अधिकृत काजिमान राई , लेखा शाखा प्रमुख श्रृजना राई, सहायक रिता सुवेदी, स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्याल, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम , स्थानिय संघ संस्था प्रतिनिधी राजनितीदलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष पृथ्विपति राई को अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सहभागीलाई महिला सदस्य हेमा नेपालीले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने मनमाया सिटौलाले सन्चालन गर्नु भएको थियो ।