logo
शुक्रबार, साउन २९ २०८३

आज बाट एसइई परिक्ष सुरु झापा बाट १६, ३, ७९ जना विध्यार्थि परिक्षामा सहभागी


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख ९ २०७९

आज बाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परिक्षा सूर भएको छ । यो वर्षको परिक्षामा देशभर बाट ५ लाख १० हजार विद्यार्थीले सहभागी भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका थिए ।
यो वर्षको परिक्षामा झापा बाट ८ हजार ३ सय ३९ जना छात्र र ८०४० छात्रा गरि जम्मा १६ हजार ३ सय ७९ जना विध्यार्थिले ५६ वटा परिक्षा केन्द्र बाट परिक्षा दिनेछन् ।
जस मध्ये ६५ जनाले ग्रेड वृद्धी र ५ सय ७४ जना विध्यार्थिले प्राविधिक तर्फको परिक्षामा सामेलहुने शिक्षा विकास तथा समन्वय ईकाई झापाका ईकाई प्रमुख राजकुमार वि.क.ले जनाकारी दिनुभयो
कोभिड १९ का कारण दुई वर्ष भौतिक रुपमा उपस्थित भएर परिक्षा दिन नपाएका विध्यार्थि यो पटक भौतिक रुपमै उपस्थित भएर परिक्षा लेख्न पाउदा निकै खुशी भएकाछन् ।
झापाको शिवसताक्षी बाट परिक्षा दिन कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त केन्द्रमा आउनु परिक्षा दिन आउनुभएकी कविना तिम्सिना एसईई परिक्ष दिन पाउदा आफुलाई निकै खुशीलागेको र केहि नर्भस भएको बताउनुहुन्छ
परिक्षा न हो दर त सबैलाई लागी हाल्छ नी , परिक्षा दिनकेन्द्र आईपुगेका विध्यार्थिलाई पनि यस्तै भएको थियो । अर्को तर्फ यो वर्ष देखी ३२ अंकमा पास हुदै आएका विध्यार्थिलाई ३५नम्वर अनिवार्य ल्याउनु पर्ने हुन्छ । राम्रो नम्वर ल्याउन निकै मेहनत गरेको विध्यार्थि रोमिन राई बताउनुहुन्छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend