logo
शुक्रबार, साउन २९ २०८३

स्थानीय तहको निर्वाचनमा एमालेले ५० लाख बढी मत ल्याउछ : योगेश भट्टराई


  • कुईनेटो संवाददाता
  • बिहिबार, बैशाख ८ २०७९

कमल, बैशाख ८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा ५० लाख बढी मत आफुहरुले ल्याउने दावी गर्नु भएको छ ।

अघील्लो चुनावमा ३२ लाख मत ल्याएको बताउँदै उहाँले यो पटक नयाँ थपीएका ३६ ला मतदाता मध्ये २० लाख आफ्नै पक्षमा रहेको दावी गर्दै उहाँले ५० लाख बढी आफुहरुले मत ल्याउने हिसाव किताव सुनुउनु भयो ।

प्रेस चौतारी नेपाल झापा शाखाले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले ठुला नेताहरुले निशिचत स्वार्थका लागि बनाएको गठबन्धनको विरोध त्यहि भित्रका दलबाट भएकोले त्यसको त्यो असन्तुष्ट समुहलाई समेत अटाउन सक्ने गरि एमालेलेले आफ्नो रणनिती बनाइरहेको उल्लेख गर्नु भयो ।

यदी त्यसो गर्न सकिएमा देशभरनै एमाले गठबन्धनलाई परास्त गर्ने छ । साथै यहि स्थानीय तहको चुनावको परिणामलाई आफ्नो जग बनाएर आगामी प्रदेश र केन्द्रको चुनाव पनि जीतेर एमालेको नेतृत्वमा सबै तहका सरकार बनाएर जन अपेक्षा अनुसार काम गर्ने उहाँले बताउनु भयो ।

गठबन्धन सरकारकारले कालोधनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि उनलाई निलम्वनको कारवार्ही गरेको पूर्व पर्यटन मन्त्री समेत रहनु भएका भटराईले आरोप लगाउनु भयो ।

एमालेले मुलुक र राष्ट्रियताको पक्षमा लडेको,भारतसंग हिजो रहेको लायन्ड लकलाई परिमार्जन गरेर लायन्ड लिङ्गको काम ओली सरकारले गरेका कारण अहिलेका युवा मतदाताहरुले एमालेलाई भोट हाल्ने बताउनु भयो ।
हिजो देखि प्रजातन्त्र र लोकतन्त्रको हिमायती ठान्ने काग्रेसले अहिलेको गठबन्धन सरकारले गरेको केही स्थानियमा गरेको निणर्यको विरोधमा काग्रेसकै कार्यर्ता विरुद्धमा उत्रिएको बताउनु भयो । यसले एमालेलाई नराम्रो भन्दा पनि राम्रो नै बनाउने उहाँले सुनाउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend