कमल , बेशाख ७ ।झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच कृषकलाई धान रोप्ने मेशीन प्रदान गरेको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत प्रदेश सरकार बाट २५ प्रतिशत लागत साझेदारीमा लखनपुर स्थित साना किसान कृषी सहकारी सस्था मार्फत कृषकलाई धानरोप्ने मेशिने प्रदान गरेको हो ।
कमल गाउँपालिका कृषिमा आधारित गाउँपालिका भएको र याहाँका अधिकांस कृषक कृषी पेशामा आवद्ध भएले मेशिनले कृषकलाई धान रोप्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषीलाई प्रविधी मैत्री बनाउदै कृषी लाई व्यवसायीकी करण बनाउने उद्येश्यले हरेक वर्ष कृषीमा प्रविधी भित्र्याउदै आएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
गाउँपालिका मार्फत धान रोप्ने मेशीन पाएका छौ । यसले हमिलाई ठुलो सहयोग पुग्ने छ । श्रमिक लगाएर धान रोप्दा समय र खर्च बढीलाग्ने हुन्थ्यो अव त्यो समस्या हट्ने साना किसान कृषी सहकारी सस्थाका अध्यक्ष तिलरुपा बाँस्तोला बताउनुहुन्छ ।
गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सहकारी सस्थाकी अध्यक्ष तिलरुपा बाँस्तोलालाई मेशीनको साँचो र मेशनि सन्चालनकोलागी गाउँपालिकाले तयार पारेको कार्यविधी हस्तान्तरण गर्नु भएको थियो । सहकारीले चलनचल्तिको दरभाउ भन्दा २० प्रतिशत कम मुल्यमा कृषको धान रोप्नु पर्ने लगायतको नियम कार्यविधीमा उल्लेख गरिएको छ ।