logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले दमक ८ नम्वर वडा द्वारा नव वर्ष ०७९ को शुभकामना आदान प्रदान


  • मनकुमार गदाल
  • बिहिबार, बैशाख १ २०७९

दमक , बैशाख १ । नेकपा एमाले दमक ८ वडा कमिटीले आज विस्तारित बैठक तथा नव वर्ष ०७९ को शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सवै क्षेत्रमा विजय हासिल गर्ने प्रतिवद्धताको साथ एमाले वडा कमिटी दमक ८ले विस्तारित बैठक सम्पन्न गरेको हो । बैठकमा शुभकामना आदान प्रदान समेत गरेको छ । कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै एमाले झापा जिल्ला लेखा कमिटी संयोजक प्रेम दंगालले साना मसिना कुरालाई विर्सीएर नगर भरि नै जित हासिल गर्ने गरी स्थानिय निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नु भयो । आन्तरिक कामलाई केही पर सारेर प्यानलै जीत हात पार्न निर्वाचनमा होमिनु पर्ने लेखा संयोजक दंगालले बताउनु भयो ।
एमाले जिल्ला परिषद सदस्य इन्दु न्यौपाने ,एमाले दमक नगर सदस्य फडिन्द्र भटराई,वडा कमिटी उपाध्यक्ष हरिमाया पोखरेल ,टोल कमिटीको तर्फवाट नगेन्द्र पोखरेल ,लगायतले नव वर्ष०७९ शुभकामना मन्तब्य राख्नु भएको एमाले दमक नगर कमिटी उपाध्यक्ष तथा दमक ८ वडाको पार्टीको तर्फबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार रहनु भएका दिपेश दाहालले
वडा कमिटी अध्यक्ष खेम श्रेष्ठको अध्यक्षतामा वसेको बैठकले निर्वाचन सम्वन्धि गतिविधि सम्पन्न गर्न ९ वटा कमिटीहरु गठन गरेको छ ।
बैठकले निर्वाचन प्रचार प्रसार समिति प्रेम दंगालको अध्यक्षतामा ५सय५१ सदस्यीय समिति गठन गरेको छ । यसै गरी २१ सदस्यीय सचिवालय पनि गठन गरेको छ । एमाले जिल्ला सदस्य भरत चौलागाईको अध्यक्षतामा ९ सदस्यीय आर्थिक समिति गठन गरेको छ । बैठकले निर्वाचन कार्यालय ,निर्वाचन प्रचार प्रसार समिति, घोषण पत्र तयार,स्वयसेवक ,आर्थिक समिति ,निर्वाचन अनुगमन लगायतका समिति गठन गरेको वडा सचिव तारा भटराईले जानकारी दिनु भयो ।
एमाले दमक ८ न. वडा कमिटीले बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार दिपेश दाहाल (धर्म),वडा सदस्य खुल्लामा खेम श्रेष्ठ, पदम गिरी ,महिलामा हरिमाया पोखरेल ,दलित महिला सदस्यमा ममता रसाइलीको नाम सर्वसम्मत प्रस्ताव गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend