कमल ,चैत ३० प्रेस चौतारी नेपाल माईपश्चिम क्षेत्रिय कमिटीको आयोजनामा आज दमकमा नववर्ष २०७९ सालको पावन अवसरमा शुभकामना आदान प्रदान तथा आसन्न स्थानीय तहको निर्वाचन रणनीतिबारे वहस भएको छ ।
कार्यक्रममा सहभागीले आसन्न स्थानीय तहको निर्वाचनमा पाटी र पत्रकार बिच रणनीतिक योजना बनाएर अगाडी बढ्नु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।
यसरी आफ्नो भनाई राख्नेहरुमा नेकपाएमाले केन्द्रिय सदस्य द्वय रोमनाथ ओली र गिता अधिकारी, झापा क्षेत्र नम्वर ५ ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य होम बहादुर थापा, प्रदेश कमिटी सदस्य अम्विका खनाल, जिल्ला कमिटी सदस्य लिला ढुङ्गेल दाहाल दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेल लगायतले आसन्न निर्वाचनमा पाटी र पत्रकार विच चुनावी रणनितीक योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।