logo
शुक्रबार, साउन २९ २०८३

डिएसपी गिरीलाई केर्खामा स्वगत तथा सम्मान


  • उमानाथ भण्डारी
  • मंगलबार, चैत्र २९ २०७८

कमल ,चैत २९ । ईलाका प्रहरी कार्यालय दमकमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीलाई आज एक कार्यक्रमका बिच प्रहरी चौकी केर्खामा स्वगत तथा सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पुर्व नवलपरासी बाट ईलाका प्रहरी कार्यालय दमकको प्रमुखमा एक हप्ता अगाडी सरुवा भई आउनु भएका डिएसपी गिरीलाई स्थानिय वासीले स्वगत गर्नु भएको हो ।
नेपाल प्रहरीले शान्ति सुरक्ष, अपराध नियन्त्रण र घटेका अपराधको अनुशन्धान गर्ने गरेको छ । यसमा जनताको साथ र सहयोग विना प्रहरी एक्लैने केहि गर्न सक्दैन । समाजमा हुने विभिन्न खालका अपराध सैगै लागुु औषधी नियन्त्र ठुलो चुनौती छ । प्रहरीले समाजमा हुने विभिन्न प्रकारका घटनाको निष्पक्ष अनुशन्धान गरी समाज त्यसको नतिजा पस्कने गरेको छ ।
समाजमा हुने विभिन्न खाले अपराधीक घटनाको सुचना प्रहरीलाई भन्दा पहिले नागरिकलाई हुने भएकोले त्यस घटनाको सुचना प्रहरीलाई दिएर सहयोग गर्न डिएसपी गिरीले अनुरोध गर्नु भयो । त्यसैगरी हटलाई नम्वर १०० मा फोन गरेर प्रहरीलाई दुःख दिने गरेकोले त्यसो नगर्न समेत गिरीले स्थानिय बासी संग अनुरोध गर्नुभयो।
त्यसैगरी आगामी २०९७ साल वैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई भयरहित वातावरण मतदाताले ढुक्क संग दतदान गर्ने वातावरण वनाउनमा प्रहरी लागी परेको ईलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनु भयो ।
कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नर प्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रम स्थानिय राजनितीदलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी, विध्यालय शिक्षक, समाज सेवी व्यात्तित्व लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीलाई ४ नम्वर वडा अध्यक्ष प्रेम वहादुर राईले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend