logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाले हावाहुरी र असिना पानी बाट भएको क्षतीको विवरण संकलन गर्ने


  • कुइनेटो न्युज
  • मंगलबार, चैत्र २९ २०७८

कमल ,चैत २९ । झापाको कमल गाउँपालिकाले गत चैत २७ गते हावाहुरी सगै आएको असिना पानी बाट भएको क्षतीको विवरण संकलन गरी राहात प्रदान गर्ने भएको छ ।
गाउँपालिका स्तरिय विपद् व्यवस्थापन समितीको आज बसेको बैठकले हावाहुरी सगै आएको असिना पानी बाट जनताको के कती क्षती भएको छ भनेर विवरण संकलन गर्ने र प्राप्त विवरणको आधारमा घरवासमा समस्या भएका जनतालाई पहिलो प्राथमिकतामा राखेर राहात सामाग्री प्रदान गरीने गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले बताउनु भयो ।
हावाहुरी सगै आएको असिना पानी बाट टिनका छना भएका घरमा बढी क्षती भएको थियो भने कृषकले लगाएका तरकारी बालिलाई असिनाले पुरै नष्ट गरेको थियो ।

असिना पानी बाट भएको क्षतीको विवरण संकलनका लागी गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालको संयोजकत्वमा रेडक्रस सोसाईटी उपशाखा लखनपुर ,कमल उद्योग वाणिज्य संघ,प्रहरी चौकी केर्खा र तोपगाछीका प्रतिनिधी रहनेगरी पाँच सदस्य समिती गठन गरेको छ । सो समितीते ७ दिन भित्रमा विवरण पेश गर्ने र त्यसको आधारमा राहात सामाग्री प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका की अध्यक्ष तथा विपद् व्यवस्थापन समितीकी संयोजक मेकुका काफ्ले को अध्यक्षतामा बसेको बैठमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत काजिमान राई,वाड अध्यक्ष, रेडक्रस प्रतिनिधी,सुरक्षाकर्मि संचरकर्मि लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend