कमल, चैत २०÷ राजनीतिक गतिबिधिमा कुनैपनि दलले बालबालिकाको प्रयोग गर्नुनहुने कार्यक्रमका सहभागीले बताउनु भएको छ ।
कमलबाल सञ्जाल को आयोजना तथा कमल गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा राजनीतिक दलमा प्रमुखले यस्तो बताउनुभएको हो ।
स्थानियतहको निर्वाचन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग हुने र यसले बालबालिकालाई असर पुग्ने भएकोले यस्ता गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न बाल सञ्जालका नेताले अनुरोध गरेका छन् ।
हरेक दलले आफ्ना गतिविधीमा बालबालिकालाई उपयोग गर्दै आईरहेका छन् । यसले बालबालिकाको कलिलो मनस्थितमा नकारात्मक असर पर्ने गरेको छ । त्यसलाई न्युनिकरण गर्नका लागी यस्ता कार्यक्रम प्रभावकारी हुने छन् । आगामी दिनमा दलले आयोजना गरेका कुनैपनि कार्यक्रममा बालबालिकालाई प्रयोग नगर्ने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष प्रेम बहादुर पोख्रेलले बताउनु भयो ।
वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषण गर्ने अभियानमा कमल गाउँपालिका लागी परेको छ । यो एउटा चुनौतीका साथै अवसरपनि हो । सम्पुर्ण राजनितिक दलले आफ्ना कुनैपनि गतिविधीमा बालवालिकाको प्रयोग गर्दा यसले वालबालिकाको मानशिक रुपमा असर पर्ने भएकोले गाउँपालिकामा भएका सबै राजनितिकदलले एकवद्धता जनाएर अगाडी बड्नुपर्ने नेपालिका कांग्रेस कमल गाउँ समितीका कार्यवाहक सभापति केदार कटुवालले बताउनुहुन्छ,
कार्यक्रममा कतिपय स्थानिय दलका नेता उपस्थित नहुदा कार्यक्रम प्रभावकारी नभएको प्रति बालबालिकाका नेताले दुःख मानेका छन् । यस्ता कार्यक्रमलाई सार्थक बनाउन राजनितिक दलको भुमिका महत्वपुर्ण हुन्छ । तर बालबालिकाको कार्यक्रम भनेर दलका नेता उपस्थित नभएको प्रति हामिलाई दुःख लागेको छ । हामिपनि विध्यार्थी हौं समय मिलाएर कार्यक्रम आयोजना गरेको हुन्छौ तर जिम्मेवार व्याक्ति नआउदा खल्लो भएको कमल बाल सञ्चालका अध्यक्ष विनोद थापा बताउनुहुन्छ
कार्यक्रमको अन्त्यमा साजनितिक प्रयोजनमा बालबालिकाको प्रयोग हुन नदिने सम्वन्धि प्रतिबद्धतामा हस्ताक्षण गर्दै “खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारा सहित कमल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषण गर्ने अभियानमा समेते प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रम कमल बाल सञ्जालकी उपाध्यक्ष अग्रिता पराजुलीले सन्चालन गर्नु भएको थियो ।