कमल, चैत १९÷ झापाको कमल गाउँपालिका ३ नम्वर वडाका सबै टोललाई बाल विवाह र बालश्रम मुक्त टोल घोषणा गरेको छ ।
“खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारा सहित कमल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषण गर्ने अभियान अन्तरगत वडाले वडामा भएका ९ वटै टोललाई बाल विवाह र बालश्रम मुक्त टोल घोषणा गरेको हो ।
वडा नम्वर ३ ले बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक पुरा गरेकोले वडाका सबै टोललाई बाल विवाह र बालश्रम मुक्त टोल घोषणा गरेको वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनुभयो ।
गत महिना वडा नम्वर ४ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषण गरेर गाउँपालिका बाट प्रदान गरिने पहिलो पुरस्कार वापत विकास बजेट तर्फको १० लाख रुपैया प्राप्त गरिसेको छ ।